शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

६ सदस्यीय मन्त्रीपरिषद् गठन

  • प्रकाशित मिति : बिहिबार, साउन २०, २०७३



  • नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले ६ सदस्यीय मन्त्रीपरिषद् गठन गरेका छन्।

    नवनिर्वाचित प्रधानमन्त्री दाहालले विहिवार अपरान्ह पद तथा गोपनियताको सपथ खानुपहिले ६ सदस्यीय मन्त्रीपरिषद् गठन गरेका हुन्। ६ सदस्यीय मन्त्रीपरिषद्मा २ जना उपप्रधानमन्त्री तथा ३ जना मन्त्री छन्।

    दाहालले आफूलाई प्रधानमन्त्री बनाउन मुख्य भूमिका निर्वाह गरेका नेपाली कांग्रेसका विमलेन्द्र निधि र आफ्नै पार्टीका कृष्णबहादुर महरालाई उपप्रधानमन्त्रीमा नियुक्त गरेका छन्।

    मन्त्रिपरिषद्मा निधि र महरा दुवै पुराना अनुहार हुन्। महरा दोस्रो पटक उपप्रधानमन्त्री नियुक्त भएका हुन्। पटक पटक मन्त्री भइसकेका निधिले उपप्रधानमन्त्रीमा बढुवा पाएको पहिलो पटक हो। महरा रोल्पा १ तथा निधि धनुषा ३ बाट निर्वाचित सांसद् हुन्।

    प्रधानमन्त्री दाहालले ६ सदस्यीय मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका रमेश लेखक र आफ्नै पार्टीका गौरीशंकर थारू र दलजित विके श्रीपालीलाई मन्त्री नियुक्त गरेका हुन्। लेखक कञ्चनपुर क्षेत्र नम्बर ४ र थारु कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद् हुन्। श्रीपाली समानुपातिक सांसद् हुन्। मन्त्रीपरिषद्‌मा थारु र श्रीपाली नयाँ अनुहार हुन्।

    ६ सदस्यीय मन्त्रीपरिषद्का निधि र लेखकले स्नातकोत्तर सम्मको, प्रधानमन्त्री दाहाल र महराले स्नातकसम्मको, श्रीपालीले प्रमाणपत्र तहसम्मको तथा थारुले एसएलसीसम्मको अध्ययन पूरा गरेका छन् । ६ जनामध्ये थारू सबैभन्दा कम उमेर अर्थात ३५ वर्षको हुन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij