शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

दसैँमा घर जान आठ लाख यात्रुलाई बसको टिकट छैन

  • प्रकाशित मिति : शुक्रबार, अशोज १४, २०७३



  • काठमाडौं  ।   यसपालि दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिर जाने सर्वसाधारणलाई समस्या हुने भएको छ । यातायात व्यवसायीका कारण सार्वजनिक यातायातमार्फत बाहिर जाने करिब आठ लाख सर्वसाधारणले अझै टिकट पाएका छैनन् ।

    दसैँका वेला गत वर्ष करिब १८ लाख मानिस उपत्यकाबाट बाहिरिएका थिए । यस वर्ष हालसम्म करिब १० लाख टिकट मात्र बिक्री भएको छ । तर, अधिकांश यातायात व्यवसायी संघले टिकट सकिएको भन्दै अग्रिम टिकट बुकिङ बन्द गराइसकेका छन् । टिकट काट्न बसपार्क जानेहरू रित्तो हात फर्कने गरेका छन् ।

    क्षमताभन्दा धेरै यात्रु राख्न कडाइ गरेपछि यातायात व्यवसायीले थोरै मात्र बस थपेर सञ्चालन गर्न लागेका छन् । क्षमताभन्दा धेरै यात्रु बोक्न दिए मात्र थप टिकट बिक्री गर्ने अडान व्यवसायीहरूको छ । दुर्घटना बढेपछि यातायात व्यवस्था विभागले सिट क्षमताभन्दा धेरै यात्रु बोक्न दिएको छैन ।

    त्यसको विरोधमा यातायात व्यवसायीहरूले दशैंमा धेरै बस सञ्चालन गर्न नमानेका हुन् । सिट क्षमताअनुसार मात्र चलाउँदा उपत्यका फर्कंदा यात्रु नहुने हुँदा आफूलाई घाटा हुने उनीहरूको दाबी छ । ‘कि क्षमताभन्दा धेरै यात्रु राख्न पाउनुप-यो कि बसलाई इन्धन हालिदिनुपर्छ भन्ने उनीहरूको माग छ,’ यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले भने, ‘हामीले नाफा मात्र नखोज्नोस् दशैंको बेला सेवा पनि गर्नुपर्छ भनेका छौं । छलफल भइरहेको छ ।’

    महेन्द्रनगर, धनगढी, बाँके, बुटवल जाने बसका टिकटहरू सकिएको व्यवसायीले बताएका छन् । पूर्व जाने बसहरूको पनि सर्वसाधारणले सहज रूपमा टिकट पाएका छैनन् । समस्या व्यवस्थापनबारे छलफल भइरहेको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौला बताउछन् । यातायात मन्त्रालयमा शुक्रबार अहिले देखिएको समस्याबारे छलफल हुँदैछ । सडक समस्या तथा नयाँ बस नथपेकाले पनि टिकटको अभाव भएको हो । गत वर्षको नाकाबन्दीमा व्यवसायीले आर्थिक समस्या झेलेकाले नयाँ बस थप्न समस्या भएको सिटौलाले बताए । मुग्लिन–नारायणघाट सडकखण्ड पनि एउटा कारण भएको उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij