शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

गृह मन्त्रालय नपाएपछि केसी मन्त्री बन्न मानेनन्

  • प्रकाशित मिति : बिहिबार, साउन २०, २०७३



  • नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले गृह मन्त्रालय नपाएपछि सभापति शेरबहादुर देउवालाई आफू मन्त्री नबन्ने खबर पठाएका छन्।

    मन्त्रिमण्डलमा केसीलाई स्वास्थ्य र रक्षा मन्त्रालयमध्ये एक छान्न देउवाले भनेका थिए। केसीले मन्त्रिमण्डलमा कांग्रेसको नेतृत्व गरेर गएका बिमलेन्द्र निधिभन्दा आफू वरिष्ठ भएकाले कि त आफ्नो नेतृत्वमा कांग्रेस सरकारमा जानुपर्ने नभए आफूले गृहमन्त्रालय पाउनुपर्ने अडान लिएका थिए।

    देउवाले निधिलाई गृह मन्त्रीको रूपमा चयन गरेकाले केसीलाई गृहमन्त्री बनाउन नसक्ने जानकारी केसीलाई दिएका थिए।

    लामो समयसम्म कांग्रेसभित्र कोइराला खेमामा रहेका केसी गत महाधिवेशनमा मात्रै संस्थापन पक्ष छोडेर देउवासँग मिल्न आएका थिए।

    महाधिवेशनमा देउवा सभापति र केसी महामन्त्रीका रूपमा चुनाव लडेका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij