शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

वनको सहयोगले टोल–टोलमा ग्राभेल र बिजुली

  • प्रकाशित मिति : शुक्रबार, अशोज १४, २०७३



  • मोरङ  । मोरङको दुर्गम गाविस जाँतेका बासिन्दाले सामुदायिक वनको सहभागितामा बाटाघाटा निर्माण र गाउँमा बिजुलीसमेत ल्याउन सफल भएका छन् ।

    सामुदायिक वनको माध्यमबाट गाउँको विकास हुनसक्छ भन्ने थाहा पाएका स्थानीयवासीले सामुदायिक वनबाट हुने आम्दानीको निश्चित प्रतिशत विकास निर्माणमा खर्चिएकाले टोलटोलमा ग्राभेल विद्युत् सडक पुगेका हुन् । वनकै आम्दानीले स्थानीय ठाउँमै दुईवटासम्म उच्च मावि सञ्चालन गरेका छन् । सामुदायिक वनकै मुख्य लगानीमा गाउँमा विद्युत् पु¥याएका छन् ।

    उक्त गाविसमा कुल १५ वटा सामुदायिक वन समूह छन् । इलाका वन कार्यालय जाँतेका सहायक वन अधिकृत नारायण यादव वन उपभोक्ता समितिले गाउँको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँछन् । उनले सामुदायिक वनकै कारण आज जाँते गाविसको मुहार फेरिएको बताए । २०५६ सालमा गठन भएको सदाबहार सामुदायिक वन उपभोक्ता समिति जाँते–८ ले स्थानीयवासीको आर्थिकस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको स्थानीयवासी जितबहादुर माझीको भनाइ छ ।

    वन समूहका अध्यक्ष विष्णु पौडेलका अनुसार सबै वन समूह मिलेर उपभोक्तालाई १२ वटा समूहमा विभाजन गर्दै प्रत्येक समूहलाई तरकारी खेती र पशुपालनका लागि ४० हजारको दरले सहजरुपमा ऋण उपलब्ध गराउँदै आएको छ । अध्यक्ष विष्णु पौडेलका अनुसार प्राप्त आम्दानीको २५ प्रतिशत वनको विकासमा, ३५ प्रतिशत गरिबी निवारण, १० प्रतिशत संस्थागत खर्च र बाँकी ग्रामीण क्षेत्रको विकासमा खर्च गर्दै आएको बताए ।

    जाँते–९ को वसन्त हरियाली सामुदायिक वन उपभोक्ता समितिले विद्युतीकरण, बाटो निर्माण, गरिबी निवारण र वन व्यवस्थापनमा डेढ करोड बढी रकम लगानी गरेको छ । सो गाविसको खोलीटार, गुप्ती, धानखेती बाह्रगोठे, लालझोडा, बेलटार, साम्लिङ तथा जाँते–२ र जाँते–१ का सामुदायिक वन समूहको समेत गाउँको विकास निर्माणमा महत्वपूर्ण भूमिका रहेको स्थानीयवासी बताउँछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij