प्रकाशित मिति : बिहिबार, साउन २०, २०७३
काठमाडौं – ६ सदस्यीय मन्त्रिमण्डल गठन गरेका प्रधानमन्त्री प्रचण्डले आफ्ना मन्त्रीहरुको कार्यविभाजन गरेका छन् ।
मर्यादाक्रममा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि प्रधानमन्त्री पछिको दोस्रोमा छन् भने अर्थमन्त्रीको जिम्मा पाएका उपप्रधानमन्त्री कृष्णबहादुर महरा तेस्रो सथनमा छन् ।
मन्त्रीहरुमा रमेश लेखकलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
गौरीशंकर थारुलाई कृषिमन्त्री र जलजित श्रीपाइलीलाई युवन तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिइएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij