शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

समयभन्दा पहिला काम सक्नेलाई प्रधानमन्त्रीले गरे पुरस्कारको घोषणा

  • प्रकाशित मिति : आइतवार, अशोज १६, २०७३



  • कैलाली  ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको समयभन्दा पहिला आयोजनाको काम सम्पन्न गर्ने आयोजना र कर्मचारीलाई सरकारले पुरस्कृत गर्ने बताएका छन् ।

    कैलालीको रानी जमरा कुलरिया सिंचाई आयोजनाको स्थलगत निरीक्षणपछि प्रधानमन्त्रीले भने, ‘समयमै काम सम्पन्न हुुनुपर्दछ । हामीले तोकिएको समयभन्दा छिटो आयोजना सम्पन्न गर्ने संस्कार र सोंचको विकास गर्न जरुरी छ । समयभन्दा छिटो आयोजना सम्पन्न गर्ने आयोजना र कर्मचारीलाई सरकारले पुरस्कृत गर्नेछ । तोकिएको २ वर्षभित्र नै आयोजना सम्पन्न गर्नुस् र पुरस्कृत भएर नमूना पेश गर्नुहोस् ।’

    प्रधानमन्त्रीले समयभन्दा अघि नै विकासका काम सम्पन्न गर्ने सोंचको विकास गर्नु राष्ट्रिय चुनौति भएको बताए । प्रधानमन्त्रीले भने, ‘युद्धस्तरमा काम गरौं । यो राष्ट्रिय गौरवको आयोजना हो, यसले देशलाई गौरवको अनुभूति दिलाउन सक्नुपर्छ । यो आयोजनाले नेपालमा ठूलो आर्थिक क्रान्ति ल्याउनेछ । यो कुरालाई गम्भीरतापूर्वक लिनुहोला ।’

    निरीक्षणका क्रममा प्रधानमन्त्रीले सरकारी कार्यालयका प्रमूखहरुलाई निर्देशित दिँदै भने, ‘राजनीतिले छलाङ हान्यो, प्रशासनले त्यसलाई पछ्याउन सक्नुपर्छ । कर्मचारीतन्त्रले देशको स्थायित्व र सुशासनको प्रत्याभूति गराउन सक्नुपर्छ । ठूला चाडहरुमा जनताले सास्ती भोग्नु नपरोस् । केन्द्रले बनाएका योजना दृढतापूर्वक कार्यान्वयन गर्न निर्देशित गर्दछु ।’

    कैलालीको चिसापानीमा रहेको रानी जमरा कुलरिया सिंचाई आयोजना नेपाल सरकार र विश्व बैंकको संयुक्त लगानीमा सञ्चालित आयोजना हो । २०७५ सालसम्म सम्पन्न गर्ने लक्ष्य राखेको यो आयोजनाको ५८ प्रतिशत काम सम्पन्न भइसकेको यस आयोजनाका प्रमुखले जानकारी दए । यो आयोजनाले विद्युत सञ्चालनको पनि लक्ष्य राखेको छ । आयोजनाको काम रफ्तारमा अगाडि बढ्ने र २०७५ सालभित्रै आयोजना सम्पन्न हुने विश्वास लिइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij