शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

ट्राफिक व्यवस्थापनमा सक्रिय बन्दै बागलुङका युवा

  • प्रकाशित मिति : आइतवार, अशोज १६, २०७३



  • बागलुङ   ।  बागलुङ बजार क्षेत्र र यस आसपासको ट्राफिक व्यवस्थापनको काममा यहाँका युवाले सक्रियता देखाउन थालेका छन । बढ्दो सहरीकरणसँगै बजार क्षेत्रमा बढ्दो दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न ‘युथ अफ बागलुङ’ले नयाँ अभियान थालेको हो ।

    हालसम्म कुनै पनि सडकमा जेब्रा क्रसिङ नरहेको बागलुङमा युवाले अहिले विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण गर्न थालेका छन् । “आम नागरिकलाई जेब्रा क्रसिङबाट बाटो काट्नुपर्छ भन्नेसमेत जानकारी छैन” युथ अफ बागलुङका अभियन्ता सुमन रेग्मीले भने – “थोरै जानकारी भएका समेत कुनै पनि सडकमा जेब्रा क्रसिङ नदेखेपछि झन अलमलमा परेको पायौँ ।” युथ अफ बागलुङले प्रहरीसँग मिलेर विभिन्न सचेतनाका कार्यक्रम समेत सञ्चालन गर्ने जनाएको छ ।

    ‘परिवर्तनका लागि युवा’ भन्ने नाराका साथ अभियान थालेका युवाले अहिले बागलुङ नगर क्षेत्रभित्रका मुख्य सडकमा जेब्रा क्रसिङ निर्माण गरिरहेका छन् । युवाले नगरपालिकाको मालपोत चोक, हल्लन चोक, धौलागिरी चोक, जिपपार्क, कालिका मन्दिर परिसरलगायतका सडकमा जेब्रा क्रसिङ निर्माण गरिसकेको जिल्ला ट्राफिक कार्यालय बागलुङले जनाएको छ ।

    सकारात्मक कामको सुरुवात गरेका युवाको अभियानमा प्रहरी प्रशासनले समेत साथ दिने प्रहरी उपरीक्षक छविलाल जोशी बन्जाडेले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij