शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

सर्पदङ्श केन्द्रको कुरुवा भवनको शिलन्यास

  • प्रकाशित मिति : आइतवार, अशोज १६, २०७३



  • इटहरी  ।   सामुदायिक सर्पदंश केन्द्र इटहरीमा विरामी कुरुवा भवनको शिलन्यास गरिएको छ । नेपाली सेनाको पुर्वी पृतना मुख्यालयका पृतनापती उपरथी प्रलाद थापाले उक्त भवनको शिलन्यास गरेका छन् ।

    शिलन्यास पश्चात बोल्दै थापाले उक्त सामुुदायिक सर्पदंश केन्द्र नेपाली सेना र नागरीक विचको सम्बन्ध विस्तारको उदाहरणिय केन्द्रको रुपमा विकास हुँदै गरेको बताए । उनले नागरिकको हितका लागि सामाजिक कल्याण अनुरुप सेनाले हरपल सहयोग गर्दै जाने बताए ।

    केन्द्रका अध्यक्ष दिवस पोख्रेलले वर्षेनी करिव १५ सय विरामीको उपचार गर्दै आएको यस केन्द्रमा पुर्वाञ्चका सुनसरी, मोरङ, झापा, सप्तरी लगायतका जिल्लाका विरामी बढि आउने बताए । उनले सर्पको टोकाईका कारण अस्पतालसम्म आउन नसकेका र परम्परागत उपचार पद्धतिमा भर परेका कारण अझै पनि धेरैको ज्यान जाने गरेको बताए ।
    पोख्रेलले नेपालकै भरपर्दो र विश्वासिलो उपचार केन्द्रको रुपमा विकास हुँदै गरको यस केन्द्रले थप क्षमता विस्तार गर्ने जानकारी दिए ।
    नेपाली सेनाको प्राविधिक सहयोगमा जनस्तरबाट संचालिन यस सर्पदंश उपचार केन्द्रमा आएका विरामीका आफन्तलाई सेनाले निशुल्क रुपमा भोजन समेत खुवाउनले गरेको छ । सेनाको पहलमा विरामीका आफन्तलाई वस्न सहज होस् भनेर कुरुवा भवन समेत बनाउन खोजिएको केन्द्रका सचिव सचिन पोख्रेलले जानकारी दिए ।
    केन्द्रको स्थापना २०६९ साल बैशाख १० गते भएको थियो । विरामीका आफन्तलाई वस्न सहज होस् भन्ने उदेश्यले निर्माण गर्न लागिएको उक्तकुरुवा भवनमा करिव २० जनालाई आरम गर्न मिल्ने बनाउन लागिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij