प्रकाशित मिति : आइतवार, अशोज १६, २०७३
कपिलवस्तु । जेष्ठ नागरिक समाज नेपाल वाडगंगा नगरपालिका कपिलवस्तुले अन्तर्राष्टिय जेष्ठ नागरिक दिवसको अवसर पारेर ६० देखि १०७ वर्ष सम्मका नागरिकलाई सम्मान गरेको छ ।
जेष्ठ नागरिक नगर अध्यक्ष रुद्रबहादुर कुँवरको अध्यक्षता, केन्द्रिय कार्यालय काठमाडौंका कार्यवाहक अध्यक्ष शिव चन्द्र आचार्यको प्रमुख आतिथ्यता, नेकपा एमालेका सभासद् बलराम अधिकारीको विशिष्ट आतिथ्यता, स्थानीय विकास अधिकारी कपिलवस्तुका चन्द्रकान्त नेपाल, जिल्ला शिक्षा अधिकारी हरि प्रसाद गौतम, प्रहरी उपरिक्षक विष्णु बहादुर केसी, महिला विकासकी कमला पौडेललगायतको आतिथ्यता रहेको थियो ।
सो कार्यक्रममा बोल्ने वक्ताहरुले जेष्ठ नागरिकहरुलाई सबैले सम्मान गर्नुपर्ने र जेष्ठ नागरिलाई आवश्यक पर्ने रकम थोरै भएकोले जिविकोपार्जन गर्ने सम्मको व्यवस्था हुनुपर्ने माग राखेको जेष्ठ नागरिक नगर सदस्य खगिश्वर बेल्बासेले जानकारी दिए ।
सोही अवसरमा लक्ष्मणघाट भजन समूहले वृद्धवृद्धालाई भक्तिभजनले स्वागत गरेको भजन समूहका उपाध्यक्ष प्रेम भट्टराईले जानकारी दिए । सो भजन समूहले कपिलवस्तु, रुपन्देहीलगायतका विभिन्न ठाउँमा भजन कृतन गर्दै सेवा प्रदान गरेको छ ।
नेपाल हिन्दु राष्ट्र भएको भएतापनि पश्चिमी संस्कृतिले धर्म कर्ममा नयाँ पिडि नलागेकोमा आफूहरु भजनकृतनको माध्यमबाट धार्मिक कार्यमा लाग्न प्रेरणा दिने उद्देश्यले आफूहरु लागेको समूहका अध्यक्ष खगिश्वर बेल्बासेले बताएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij