शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले भूकम्पपीडितलाई घर बनाउन ४५ दिनभित्र

  • प्रकाशित मिति : बिहिबार, साउन २०, २०७३



  • श्रावण २०, २०७३( पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले भूकम्पपीडितलाई घर बनाउन ४५ दिनभित्र पहिलो किस्ता दिइसक्ने र बाढीपहिरो पीडितलाई राहत दिनेलगायत निर्णय गरेको छ ।

     

    मन्त्रिपरिषदले सशस्त्र द्वन्द्वका क्रममा मारिएका व्यक्तिका परिवार, द्वन्द्वपीडित र वेपत्ता व्यक्तिका परिवारलाई २र२ लाख रुपैया दिने भनी यसअघि भएको निर्णयलाई कार्यान्वयन गर्ने र बाढी पहिरोमा परी मरेका व्यक्तिका परिवारलाई एक लाखका दरले राहत दिने निर्णय गरेको छ ।

    प्रधानमन्त्री दाहालले भूकम्पपीडितलाई अनुदानको पहिलो किस्ता ४५ दिनभित्र उपलब्ध गराउनेसहित ४ बुँदे निर्देशनमा हस्ताक्षर गरेर कार्यप्रारम्भ गरका थिए । त्यसको पहिलो बुँदामा गरिब घरपरिबार पहिचान गरी सम्वृद्धिको कार्यक्रम ल्याउने उल्लेख छ । दोस्रोमा भूकम्पपीडितलाई राहत र पुननिर्माणबारे उल्लेख छ ।

     

    त्यस्तै, देशभरका प्राथमिक स्वास्थ्य केन्द्रहरूमा ३ महिनाभित्र चिकित्सक पठाइसक्ने र मुलुकभरका दलित र कणरलीका नवजात शिशुको जन्मदर्ताका लागि म्यादभित्र आउने परिवारलाई प्रोत्साहन स्वरुप एक हजार रुपैया उपलब्ध गराउने त्यसमा उल्लेख छ ।
    प्रवक्तामा महरा
    बैठकले तत्काललाई सरकारको प्रवक्ता उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरालाई तोकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij