प्रकाशित मिति : सोमवार, अशोज १७, २०७३
काठमाडौ । साताको दोस्रो दिन सोमबार पुँजी बजार दोहोरो अंकले बढेको छ । दशै सुरु भएपछि लगानीकर्ता हौसिएकाले आज बजार १६.६२ अंकले बढेको हो ।
एक सय ३६ कम्पनीको सेयर किनवेच भएको आज एउटा समूह वाहेक सबैको सूचक हरियो भएको छ । कारोवार रकम अघिल्लो दिनको तुलनामा घटेपनि बजारमा करिव १ प्रतिशतको वृद्धि भएको हो ।
८ लाख ९६ हजार ४१ कित्ता सेयर किनवेच भएको आज ७९ करोड ३ लाख ४३ हजार १ सय ७५ रुपैयाँको कारोवार भएको छ ।
बजारमा बैकिङ समूहको सूचक १७.८ अंकले बढेको छ भने होटल समूहको सूचक २७.०९, बिकास बैंक समूहको सूचक १०.९४, जलविद्युत समूहको सूचक ५.७८ अंकले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । फाइनान्स समूहको सूचक ९.९६, बीमा समूहको सूचक १३५.४५ र उत्पादन मुलक समूहको सूचक ७.०२ अंकले बढेको छ । आज अन्य समूहको सूचक भने १.७४ अंकले घटेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij