प्रकाशित मिति : मङ्लबार, अशोज १८, २०७३
म्याग्दी । म्याग्दीको बेगका बाढी पहिरोपीडितलाई प्रवासीले सोमबार रु एक लाखभन्दा बढी आर्थिक सहयोग गरेका छन् ।
गत भदौमा बेगखोलामा आएको बाढी र विभिन्न ठाउँमा गएको पहिरोका कारण विस्थापित तथा घरबारविहीन भएकाका लागि प्रवासी नेपाली म्याग्देली सङ्घ (मोना) पोर्चुगलले रु एक लाख १०० सहयोग गरेको हो ।
मोना पोर्चुगलका उपाध्यक्ष नैना पाइजाले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा उपसभापति काशीराम रेग्मी, कोषाध्यक्ष नवराज पौडेल, बेग उपशाखा सभापति ओमबहादुर फगामीको रोहबरमा बेगखोला बाढीपहिरो राहत व्यवस्थापन समितिका अध्यक्ष ओमकुमार सिङ्जालीलाई नगद हस्तान्तरण गरेका थिए ।
यसैगरी, बेनीको न्यु वेस्ट पोइन्ट आवासीय माविका विद्यार्थीले खाजा खर्च कटाएर बाढी पहिरोपीडितलाई रु ११ हजार सहयोग उपलब्ध गराएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij