शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

घोप्टेभीर दुर्घटना : कैलालीबाट आए गोताखोर

  • प्रकाशित मिति : मङ्लबार, अशोज १८, २०७३



  • काठमाडौं  ।  दारेचोक ३ स्थित घोप्टेभीरबाट ९ दिनअघि त्रिशूलीमा बेपत्ता पूर्वमुख्य सचिव तथा गृहमन्त्री माधवप्रसाद घिमिरे र उनी चढेको गाडी अझै फेला पर्न सकेको छैन । गाडीमा सवार उनीसहित अन्य २ जनाको अवस्था अझै अज्ञात छ । खोजीका लागि कैलालीबाट ५ जना गोताखोर टोली आएको छ । टोलीले घटनास्थलमा गाडी नभएको दाबी गरेको छ ।

    ‘नदीभित्र २०/२५ फिट तल पुगेर टोलीले हेर्‍यो,’ खोजीमा संलग्न सशस्त्र प्रहरी बल विपत् व्यवस्थापन तालिम केन्द्र कुरिनटारका एसपी गणेश थापाले गोताखोरलाई उद्धृत गर्दै भने, ‘जहाँ गाडी खसेको छ त्यहींबाट बालुवा निकालेर देखाए, यसले घटना भएको ठाउँमा गाडी छैन भन्ने देखाउँछ ।’

    टोलीले २ दिन लगाएर पानीभित्र खोजी गर्दा गाडी फेला नपरेको उनले बताए । ठूला नदीहरूमा पुल निर्माण गर्दा नदीभित्र पसेर काम गर्ने अनुभवी गोताखोर टोली आएर खोजी गरेको हो । टोलीले २ दिन नदीमुनि डुबेर गाडीको खोजी गरेको थियो ।

    गाडी दुर्घटना परेदेखि खोजी कार्य रोकिएको छैन । खोजीमा आवश्यक पर्ने सबै उपकरणको प्रयोग गर्दा समेत गाडी फेला पर्न सकेन । अन्डर वार्टर क्यामेरा, सोनार, हुक, क्रेन प्रयोग गर्दा पनि गाडी फेला पार्न नसकिएको हो ।

    खोजीमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र सेना अझै सक्रिय छन् । सम्भावित ठाउँहरूमा सुरक्षाकर्मी परिचालन गरेर खोजी कार्य जारी राखे पनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । पानी धमिलो छ । घटना भएको ठाउँमा पानीको करेन्ट बढी छ । जसले गर्दा खोजीमा कठिनाइ हुने गरेको छ ।

    ‘हामीले घटनास्थलबाट जुगेडीसम्म बोटमा खोजी सुरु गरेका छौं,’ थापाले भने, ‘घटना भएको ठाउँमा पनि टोली बस्ने गरेको छ ।’ यो ठाउँबाट एउटा ग्यास बुलेट, एउटा मालवाहक ट्रक खसे तर तिनमा सवार व्यक्ति र साधनको अझै अत्तोपत्तो छैन ।

    गाडी नदीमा डुब्छन् तर फेला पर्दैनन् । फेला परेका गाडीलाई निकाल्न साधन हुँदैन । नदी गहिरो भएकाले डुब्नेबित्तिकै सवारी साधन फेला पर्दैनन् । अप्ठ्यारो ठाउँमा तीव्र गतिका कारण बढी दुर्घटना हुने गरेका छन् ।

    ठाउँठाउँमा सुरक्षाकर्मी परिचालन गरेर खोजी कार्य जारी राखेको प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले बताए । ‘तर घटना भएको लामो समय बित्दा समेत फेला पार्न सकिएन,’ उनले भने । उनका अनुसार दैनिक ७० भन्दा बढी सुरक्षाकर्मी खोजीमा खटिएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij