प्रकाशित मिति : मङ्लबार, अशोज १८, २०७३
ललितपुर । ललितपुर उप-महानगरपालिकाले ललितपुर उप-महानगरलाई खुल्ला दिसा मुक्त नगर र पूर्व खोप युक्त नगर घोषणा गरेको छ । ललितपुर उप-महानगरपालिकाको प्रमुख तथा कार्यकारी अधिकृत भरतमणी पाण्डेको अध्यक्षता र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका मन्त्री हितराज पाण्डेज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमा यस्तो घोषणा गरिएको हो ।
ललितपुर उप-महानगरपालिका क्षेत्रमा ६२,८९३ घरधुरी मध्ये ६० % घरमा आधुनिक शौचालय, २८ % घरमा साधारण शौचालय र १२ % घरमा अस्थायी शौचालय छन् । त्यसैगरी पूर्ण खोपको सन्दर्भमा ९९.९५ बालबालिकाले खोप प्राप्त गरी सकेको र ०.१५ मात्र बाकी रहेको अवस्था छ ।
स्वास्थ्य मन्त्रालय, बाल स्वास्थ्य महाशाखा प्रमुख, खानेपानी तथा सरसफाई मध्यमाञ्चल क्षेत्रिय निर्देशकद्वारा यस कार्यको प्रशंसा गर्दै चाँडै नै जिल्लालाई घोषणा गराउन सहभागिताको निम्ति कार्यकारी अधिकृत भरतमणी पाण्डेले आग्रह समेत गरे ।
उक्त कार्यक्रममा नगर स्तरीय राजनीतिक दलका प्रतिनिधि श्री बाबुराजा बज्रचार्य, स्वास्थ्य विभागका प्रतिनिधि, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख, राप्रपा नेपाल ललितपुरको अध्यक्ष, माननीय चन्द्र महर्जनले आफ्नो मन्तव्य राखेका थिए ।
सो कार्यक्रममा प्रमुख जिल्ला अधिकृत ऋषिराम शर्मा, स्थानीय विकास अधिकारी हरि दहाल, जिल्ला प्रहरी प्रमुख पिताम्बर अधिकारी, सांसदहरुलगायत हजारौँ स्थानीय व्यक्तिहरुको उपस्थितिमा साँस्कृतिक कार्यक्रमसहित उक्त घोषणा सम्पन्न भएको थियो । ललितपुरलाई सन् २०१६ सम्म खुल्ला दिसा मुक्त जिल्ला बनाऊ अभियान अन्तर्गतमा कार्यक्रम आयोजना गरेको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij