शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

‘पाल्पा दरबार सङ्ग्रहालय’ पर्यटक आकर्षणको केन्द्र

  • प्रकाशित मिति : मङ्लबार, अशोज १८, २०७३



  • पाल्पा । ‘पाल्पा दरबार सङ्ग्रहालय’ को कार्यालय स्थापना भएपछि यहाँ पर्यटकको चहलपहल बढेको छ । तानसेनस्थित बहुउद्देश्यीय दरबार सङ्ग्रहालय क्षेत्रको अवलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको हो ।

    ‘पाल्पा दरबार सङ्ग्रहालय’ मा सङ्ग्रहणीय सामग्री नभएपछि दैनिक ३० देखि ५० को हाराहारीमा पर्यटकले अवलोकन गर्दै आएको पाल्पा दरबारमा सङ्ग्रहालयका प्रमुख विष्णु खनालले बताए । पाल्पा दरबार पुरानै मोडलमा पुनःनिर्माण भएपछि पाल्पा दरबार अवलोकन गर्न बढी जिज्ञासु बनेको पाइन्छ ।

    राणाकालीन समयमा निर्माण भएको पाल्पा दरबार २०६२ माघ १८ माओवादी आक्रमणबाट ध्वस्त भएको थियो । ध्वस्त दरबार निर्माणकार्य पूरा भएपछि पनि पर्यटक दरबार अवलोकन गर्नबाट वञ्चित हुँदै आउनुपरेको स्थानीयको भनाइ रहेको छ ।

    ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको दरबार अहिले पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ । आक्रमण अघि पाल्पा दरबारमा प्रशासनिक कार्य हुँदै आएकोमा दरबार पुनःनिर्माणपछि प्रयोगविहीन अवस्थामा रहेको थियो ।

    विसं २०६४ असार ३१ देखि निर्माण कार्य सुरु गरेर २०७० भदौ २० गते निर्माण काम सम्पन्न दरबारलाई सङ्ग्रहालय बनाउने निर्णय गरेपछि पाल्पा दरबारको महत्व अझै बढेको हो ।

    जङ्गबहादुर राणाका भाई वद्रीनरसिंहले विसं १९११ देखि १९३० को अवधिमा निर्माण गरेको हुनसक्ने अनुमान छ । सिंहदरबारको मोडलमा बनाएको दरबार भत्केपछि प्रताप शमशेरले १९८२ मा पुनःनिर्माण थालनी गरी १९८२ मा दरबारको निर्माण काम पूरा गरेको ऐतिहासिक तथ्य भेटिएको छ ।

    पाल्पा दरबारको भुइँतलामा १३ कोठा, एक शौचालय, दुई झ्याल पहिलो तलामा १३ कोठा, एक शौचालय, दोस्रो तलामा १५ कोठा र दुई शौचालयको दरबार पुरानै मोडलमा पुनःनिर्माण भएकोले पनि यसको महत्व रहेको सङ्ग्रहालयका प्रमुख विष्णु खनालले बताए ।

    गत वर्षको माघ ३ गते पाल्पा दरबारमा सङ्ग्रहालयको कार्यालय रहेपछि जिल्ला आएका पर्यटक दरबारभित्र प्रवेश गर्न थालेपछि चहलपहल पनि बढेको प्रमुख खनालले बताए ।

    सङ्ग्रहालयको कार्यालय स्थापना भएपछि सङ्ग्रहालयले प्रवेश शुल्क भने उठाएको छैन । पाल्पाको पर्यटकीय स्थल, जात्रा आदिबारे पाल्पाको चिनारीका लागि ५२ इन्चको टिभी जडान गरिए पनि सोको प्रयोगमा आउन सकेको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij