शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

डिभी भर्ने सोचमा हुनुहुन्छ ? आजदेखि आवेदन खुल्यो

  • प्रकाशित मिति : मङ्लबार, अशोज १८, २०७३



  • काठमाडौं । के तपाई अमेरिका जानका लागि डाइभर्सिटी भिसा (डिभि) चिठ्ठा भर्ने सोचमा हुनुहुन्छ ? यदी हुनुहुन्छ भने अमेरिकाले आगामी आजदेखि डीभी चिट्ठा खुला गराएको छ ।
    नेपालस्थित अमेरिकी दूतावासले आज बिहान ९ः ४५ देखि आवेदन खुल्ला भएको जनाएको छ । आवेदन ७ नोभेम्बर २०१६ अर्थात २२ कात्तिक २०७३ सम्म खुल्ला हुनेछ ।
    दूतावासले आवेदन निःशुल्क हुने र डीभी चिट्ठा प्रवेश गर्नका लागि कुनै पनि शुल्क नलाग्ने जानकारी दिएको छ ।
    यस्तै, कुनै पनि कन्सल्टेन्टको आवश्यकता नपर्ने भन्दै अमेरिकी दूतावासले आवेदकलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सुझाव दिएको छ ।

    ‘आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला, सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईं स्वयं जिम्मेवार रहनुहुनेछ,’ अमेरिकी दूतावासले निवेदकहरुलाई सुझाएको छ ।
    सन् २०१८ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा डब्लूडब्लूडब्लू डीभी लोटरी डट स्टेट डट जीओभीमा गई डाइभर्सिटी भिसा (ईडीभी) मा पुगेर अनलाइन फाराममार्फत आवेदन फारम भर्नुपर्ने दूतावासको भनाइ छ ।
    ‘फाराम दर्ता गर्दा तपाईंले आफ्ना पति–पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचीकृत गर्नु अनिवार्य छ । उनीहरूलाई समावेश नगरी पेस गरिएको आवेदन अमान्य ठहरिने दूताबासको भनाई छ । यस्तै एकजनाका लागि एउटा मात्र आवेदन बुझाउनुपर्नेछ ।

    फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नुपर्ने, प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेस गर्नुपर्ने र फोटो खिच्दा आवेदकहरूले चस्मा लगाउन नहुने व्यवस्था रहेको जानकारी पनि दूताबासले दिएको छ ।
    दूतावासले आफ्नो कन्फर्मेसन नम्बरलाई सेभ र प्रिन्ट गर्न पनि सुझाएको छ

    आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो इमेल ठेगाना प्रदान गर्नुपर्ने व्यवस्था रहेको छ । दूतावासले डीभी विजेताका रूपमा छानिँदैमा भिसा पाउने ग्यारेन्टी भने नहुने पनि प्रस्ट पारको छ । ‘

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij