शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

आयोगको आपत्तिपछि ५७ एलडिओको सरुवा रोकियो

  • प्रकाशित मिति : मङ्लबार, अशोज १८, २०७३



  • काठमाडौं  । स्थानीय विकास अधिकारीहरुको सरुवा गर्ने स्थानीय विकास मन्त्रालयको निर्णय प्रति स्थानीय तहको संख्या र सीमाना निर्धारण आयोगले आपत्ति जनाएपछि उक्त निर्णय तत्काललाई कार्यान्वयन नहुने भएको छ ।

    तीन दलसहित आयोगको सोमबार बसेको बैठकमा आयोगका पदाधिकारीहरुले स्थानीय विकास अधिकारीहरुको सरुवा गर्दा स्थानीय तहको पुनःसंरचना प्रभावित हुने भन्दै गुनासो गरेका थिए ।

    स्थानीय निकायको पुनःसंरचनामा स्थानीय विकास अधिकारीको भूमिका मुख्य हुने र हालसम्म भएका कामहरु समेत प्रभावित हुने भन्दै आयोगले आपत्ति प्रकट गरेको थियो ।

    मन्त्रालयले तत्काललाई उक्त निर्णय कार्यान्वयन नगर्ने र सार्वजनिक बिदाको दिन समेत स्थानीय विकास अधिकारीहरुलाई जिल्ला नछाड्न निर्देशन दिइएको मन्त्री हितराज पाण्डे जानकारी दिए ।

    यसअघि मन्त्रालयले गत असोज १५ मा ५७ स्थानीय विकास अधिकारीसहित ४२ जिल्ला इन्जिनियर र ७० शाखा अधिकृतको सरुवा गर्ने निर्णय गरेको थियो ।

    sthaniya-letter

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij