प्रकाशित मिति : मङ्लबार, अशोज १८, २०७३
मोरङ । मोरङको सुन्दरदुलारी–१० स्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट गएराति एक पैदलयात्रीको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख ७८६६ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँका ५० वर्षीय उमेश चौधरीको मृत्यु भएको हो ।
साँझ बसको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिए ।
ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरी चौकी गछियाले नियन्त्रणमा लिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij