प्रकाशित मिति : मङ्लबार, अशोज १८, २०७३
कपिलबस्तु । भारत र पाकिस्तानबीचको समस्या देखाउँदै भारतीय पक्षले कपिलबस्तुको सिमानाकामा सुरक्षा निगरानीलाइ कडाइ गरिएको छ ।
कपिलबस्तुको संवेनशील सिमानाका चाकरचौडामा कडा सुरक्षा ब्यबस्था गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल चाकरचौडाका प्रहरी निरिक्षक अरुण कुमार सिंहले बताएका छन् ।
सदरमुकाम तौलिहवा देखि ११ कि. मि. टाढा पर्ने छिमेकी जिल्ला अर्घाखांची, रुपन्देही र दाङका ब्यबसायी तथा स्थानीय जनतालाइ ब्यापारका लागी सहज हुने नाका मयार्दपुर नाकामा भारतीय पक्षबाट सुरक्षाको पेट्रोलिङ गस्ती सुरु गरेको छ ।
उक्त पेट्रोलिङ गस्तीले ५ जना टिमका एक जना कमान्डरसहित दशगजामा पैदल गस्ती शुरु गरेको सशस्त्र सीमा बलको पैट्रोलिङ गस्तीका कमान्डर कँुवरसिह पालले बताए ।
भारत उत्तर प्रदेश सिद्धार्थनगर जिल्ला शोहरतगढ थाना भित्र पर्ने खुनुवा (मयार्दपुर) सिमा नाका भारतीय पक्षबाट कडा गरिएको छ । माथिको आदेश आएको भन्दै सिमा निगरानी कडा परिएको भारतीय पक्षले बताएका छन् ।
पिलर नम्बर ५१, ५२, ५३, ५४ को क्षेत्र निगरानीको कार्य क्षेत्र भित्र परेको भन्दै पैदल गस्ती शुरु गरिएको भारतीय पक्षले बताएको छ ।
यता, भारत र पाकिस्तानबीचको तनावले नेपाल र भारतको सीमामा खासै असर नपारेको नेपाल पक्षको सुरक्षा निकाय बताउँछन् ।
मर्यादपुरका प्रहरी नायब निरिक्षक थम्मन बहादुर खत्रीले सीमा क्षेत्रमा भारतीय पक्षले सुरक्षा सर्तकता बढाएको जानकारी नआएको बताए ।
यता, जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले पनि आफूहरुलाई यसबारे कुनै जानकारी नआएको जनाएको छ ।
दशैंमा नेपाल प्रहरीले समेत सुरक्षा सतर्कता बढायो
दसैँलगायतका चाडपर्व नजिकिँदै गर्दा कपिलबस्तुको भारतसँग सीमा जोडिएका दक्षिणी क्षेत्रमा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । चाँडपर्वका बेला हुन सक्ने तस्करी, हातहतियारको अवैध ओसारपसार, चेलीबेटी बेचबिखन, लागुऔषधको कारोबार, आतङ्कित गतिविधि नियन्त्रण गर्न र आपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले सुरक्षा सतर्कता बढाएको हो ।
सीमा क्षेत्रका अवाञ्छित क्रियाकलाप हुन सक्ने क्षेत्रहरुको पहिचान गरी चौबीसै घन्टा प्रहरी परिचालन गरी निगरानी बढाइएको प्रहरी उपरिक्षक बिष्णु केसीले बताए । दैनिक सादा पोसाक र पोसाकमा गस्ती टोलीलाई परिचालन गरिएको उनले जानकारी दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij