शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

मधेस आन्दोलनको मुद्दालाई सम्बोधन गर्ने विषयलाई मुख्य प्राथमिकता

  • प्रकाशित मिति : शुक्रबार, साउन २१, २०७३



  • काठमाडौं – मधेस आन्दोलनको मुद्दालाई सम्बोधन गर्ने विषयलाई मुख्य प्राथमिकतामा राखेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग वार्ता शुरु गरेको छ । प्रधानमन्त्रीको पद बाहाली गरेको दोस्रो दिन प्रधानमन्त्री प्रचण्डले गठबन्धनबाट संसद्मा प्रतिनिधित्व गर्ने मोर्चाका शीर्ष नेताहरुलाई बोलाएर छलफल शुरु गरेका हुन् ।

    संघीय गठबन्धनबाट संसद्मा प्रतिनिधित्व गर्ने ९ वटा दलहरु रहेका छन् । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरवारमा जारी रहेको प्रचण्डका स्वकीय सचिव जोखबहादुर महराले जानकारी दिए । सरकार गठनका क्रममा संयुक्त लोकतान्त्रिक मोर्चासँग ३ बुँदे सहमति भएको थियो । त्यही सहमतिअनुसार आजको छलफल भएको हो ।

    बैठकमा प्रधानमन्त्रीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुको सहभागिता रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij