प्रकाशित मिति : मङ्लबार, अशोज १८, २०७३
काठमाडौँ । दसैँ सुरु भएदेखि घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दैनिक ८० देखि ९० हजार नागरिक दसैँ मान्न घर जान थालेका छन् । महाशाखाका सहायक प्रवक्ता राजेन्द्र भट्टका अनुसार गत सोमबार बिहानदेखि आज बिहानसम्म उपत्यकाबाट आठ हजार ८१४ सवारी साधनमा ८९ हजार ६५९ यात्रु बाहिरिएका छन् ।
उनले भने, “अरु समयमा ६० हजारदेखि ६५ हजारको हाराहारीमा बाहिरिने गरेकामा घटस्थापनादेखि बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ ।” यात्रु नठगिउन भन्ने उद्देश्यले यातायात व्यवस्था विभाग र ट्राफिक महाशाखाको टोली दिनहुँ अनुगमनमा जाने गरेको भट्टले बताए। महाशाखाले यात्रुको सहजताका लागि उपत्यकाका विभिन्न १२ स्थानमा नागरिक सहायता कक्ष सञ्चालन गरेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij