प्रकाशित मिति : मङ्लबार, अशोज १८, २०७३
रौतहट । रौतहटमा बहुलाहा स्यालले टोकेर दुईदर्जन भन्दा बढी मानिस घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल गौरमा उपचार भैरहेको छ ।
खेतमा काम गर्न गएको क्रममा तथा खुल्ला स्थानमा शौचगर्न गएकालाई स्यालले टोकेर घाईते बनाएको हो ।
सोमवार साँझ र आज बिहान २५ जना मानिसलाई स्यालले पेट, घांटी, नाक , मुख , हात ,खुट्टामा टोकेको छ ।
घाईते गरुडा नगरपालिका महम्दपुरकी सुनारपती देवीको पेट र घाटीमा , पचरुखी ९ का तेज नारायण साह को हात र खुट्टामा टोकेको छ । सोही ठाँउका मोहन दास, नितेश यादव, रामेश्वर यादव लगाएत स्यालले टोकेर बनाएको छ ।
घाईते मध्ये केहीलाई थप उपचारको लागि काठमाडौं पठाईएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए ।
पछिलो केही बर्षयता गाँउ गाँउमा उँखुखेती हुनथालेपछि स्यालको संख्या हवातै बढेको छ । स्यालको नियन्त्रणको लागि प्रशासनले पहल गर्नुपर्ने स्थानीयको माग छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij