शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

रगतमा आक्रोश, समाजले तल्लो दर्जाको नागरिक मानेको

  • प्रकाशित मिति : शुक्रबार, साउन २१, २०७३



  • मेरो रगतमा आक्रोश छ । मलाई यो समाजले तल्लो दर्जाको नागरिक मानेको छ । तल्लो दर्जाको होस् भन्नु पर्दैन, हामीले अनुभव गरेका छौँ । जब मैले ‘म र मेरो समाज’ बुझ्न सक्ने भएँ, त्यो दिनदेखि नै मलाई म यो देशको दोस्रो दर्जाको नागरिक वा अनागरिक भएको महसुस गरेको थिएँ । लु भन्नुस्, तपाईंलाई कसैले तँ दमाई होस्, कामी होस्, तैले छोएको पानी चल्दैन, तैँले छोएको कुवा चल्दैन, हामीभन्दा पर बस् भन्दा खुसी लाग्छ रु दुबईमा विगत ११ वर्षदेखि वैदेशिक रोजगारीमा रहेका कृस सुनारको आक्रोश हो यो ।

    अन्तरजातीय विवाह गरेको आरोपमा मारिएका काभ्रे पाँचखाल नगरपालिका–६ होक्सेका अजित ढकाल मिजारको मृत्युबारे मैले उनलाई केही प्रश्न सोध्न खोजेको थिएँ । उनले सिधै भने, ‘मृत्यु नभन्नुस्, यो हत्या हो । नेपाल सरकारका निकायको पनि मिलेमतो छ । नत्र उनिहरुकै भाषामा ‘झुन्डिएर आत्महत्या’ गरेको मान्छेलाई पोस्टमार्टम नगरी खोलाबगरमा चुपचाप गाड्छन रु’ उनी यसरी कड्किए कि मानौँ त्यो हत्यामा मेरो पनि संलग्नता छ ।

    विश्वकर्मा समाज, युएई अध्यक्ष बाबुराम विश्वकर्मालाई अजित ढकाल मिजारको मृत्युबारे प्रतित्रिया मागेको थिएँ । शालीन ढंगले उनले भने, ‘मुलुकका हरेक राजनीतिक परिवर्तनमा दलितलाई अग्रमोर्चामा सामेल गराइए, आज लाग्दै छ, हामी कतै कसैको स्वार्थसिद्धका लागि प्रयोगमात्र त भएनौ रु नेपालको संविधान र कानुनले निषेध गरेको छुवाछूत र विभेदजन्य व्यवहारलाई पनि राज्यले किन संरक्षण गर्दैछ रु’ उनले यस कार्यलाई मानव जातिको सबैभन्दा घृणित कार्यको संज्ञा दिए ।

    १८ वर्षीय अजित ढकाल मिजारको अन्तरजातीय विवाहका कारण उनको हत्या गरिएको खबरले अहिले प्रवास आक्रोशमा छ । विशेषगरी प्रवासमा रहेका पिछडावर्ग र दलित आक्रोशित छन् । अर्को तर्फ उनिहरुको मन कताकता दुखेको छ । आफूलाई उच्चवर्ग ठान्नेहरु प्रवासमा बसेर राज्यका हरेक घटनाक्रममा आफ्नो धारणा निर्माण गर्छन् । नेपालको राजनीतिक परिवर्तनको सवालमा सामाजिक सञ्जालमा गालीगलौजमा उत्रन्छन् तर काभ्रेका अजितको हत्याबारे कोही कसैले सहानुभूतिस्वरुप एक शब्द लेखेनन् ।

    घटना के र कसरी भएको थियो रु

    घटनाक्रमअनुसार अजितले पाँचखालकै पराजुली ९बाहुन० थरकी १६ वर्षीया किशोरीसँग असार २५ गते प्रेमविवाह गरेका थिए । असार २७ गते केटीका माइती पक्षले बालविवाहको उजुरी प्रहरीमा दिएपछि प्रहरीकै रोहोबरमा उनीहरुलाई जबर्जस्ती अलग गरियो । त्यसको तीन दिनपछि असार ३० गते अजितको शव धादिङको गजुरीस्थित पुरानो काठको यात्रु प्रतीक्षालयमा बिहान दूध बेच्न जाने स्थानीयले डोरीमा झुन्डिएको अवस्थामा फेलापारे ।

    इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव निरीक्षक प्रकाश लिम्बूको टोलीले गजुरीकै स्थानीयलाई साक्षी राखेर मुचुल्का गरे । त्यसपछि कागजी रुपमा पोस्टमार्टम गरी दरौँदीखोलामा दाहसंस्कार गरियो । प्रहरीले बेवारिसे अवस्थामा रहेकाले स्थानीयको सहयोगमा अजितको शव गाडेको उल्लेख छ । तर, कानुनतः बेवारिसे शव भेटिएमा प्रक्रिया पूरा गरेरमात्रै दाहसंस्कार गर्नुपर्छ । यहाँ सामान्य प्रक्रिया नपुर्याइ दाहसंस्कार गरिएको छ ।

    धादिङकै एक अनलाइनले झुन्डिएको अवस्थामा फेलापरेको अजितका फोटा सामाजिक सञ्जालमा सेयर गरेपछि मात्र अजितका आफन्तले थाहा पाएका थिए । आफन्त धादिङ पुगेर अजितको शव माग्दा प्रहरीले पोस्टमार्टम गरेर दाहसंस्कार गरिसकेको जवाफ दियो । आफन्तको आग्रहमा दाहसंस्कार गरिएको शव बाहिर निकालियो । शवको अवस्था हेर्दा पोस्टमार्टम नगरे पनि गरेको भनेर प्रहरीले समेत झुट बोलेको साबित भएको थियो । प्रहरीले विनापोस्टमार्टम नै शव गाड्नुले प्रहरी निकायको समेत संलग्नता देखिएको छ ।

    केटीकी दिदी स्वयम्ले अजित मिजारलाई ‘तेरो हत्या गर्छु, मार्छु’ भनेको सुन्ने प्रत्यक्षदर्शी नेपाल प्रहरी छन् । केटीका आफन्तले कैयौँ साक्षीसामुन्ने सात लाख रूपैयाँ खर्च गरेर भए पनि उनीहरुको हत्या गर्ने धम्कीका बाबजुद पनि अजितको सुरक्षा हुन सकेन । विविध घटनाक्रमले यो हत्या नै हो भन्ने छ्र्लंग भए पनि सत्ताका ठेकेदार हत्याराका पक्षमा उभिनुले झनै आक्रोश थपिएको हो । छुवाछूतसम्बन्धी बनेको कानुन २०६८ र वर्तमान संविधान २०७३ का कुनै पनि बुँदाले अजित मिजारले न्याय पाउन सकेको छैन । अहिले पीडित पक्ष हत्यारालाई कारबाही गर्नुपर्ने माग राखेर सडकमा ओर्लेको छ । सत्ताका मालिक भने उनीहरुलाई डन्ठा लागाउने कार्य गर्दै छ ।

    सुनसरीका कृष्ण परियार अमित ढकाल मिजारको हत्याले आफू विक्षिप्त बनेको बताउँछन् । हाम्रो देश र देशका मान्छेलाई कसरी परिवर्तन गर्ने होला भन्ने कुरा उनको दिमागमा खेलिरहन्छ । जातीय विभेद गर्नहुन्न भन्ने कुरा त कानुनमा पनि लेखियो तर पनि भइरहेको छ । उनी भन्छन्, ‘छुवाछूत गर्न हुन्न भन्ने सबैलाई थाहा छ । तर पनि गर्छन् । कानुनका किताबमा लेख्न सक्छन् तर आत्मसात् गर्न सक्दैनन ।’ १० वर्षे माओवादी आन्दोलनमा लागेका उनले माओवादीबाट ठूलो आशा गरेका थिए । तर, उनले अपेक्षा गरेअनुरुपको परिवर्तन महसुस भने गर्न नसकेको उनको गुनासो छ । उनी थप्छन्, ‘उपल्ला जात भनाउँदालाई मुखले र कानुनले मात्र छेक्दोरहेनछ क्यारे । आजै घर फर्कोंजस्तो लाग्छ । अझै पनि बन्दुक चलाउन बिर्सेको छैन ।’

    अब त प्रचण्ड नेतृत्वमै सरकार बन्यो नि भन्ने प्रश्नमा उनी भन्छन्, ‘माओवादीलाई मात्र के दोष दिनु र खै । ब्राह्मणवाद त्यहाँ पनि त छ नि । जबसम्म व्यक्तिको सोच बदल्न सकिँदैन तबसम्म केही हुन्न । एककिसिमले म निराश छु । मेरो मन निकै आक्रोशित छ ।’ उनको बुझाइमा नेपालका कम्युनिस्ट जनजातिसम्म झरेर बिहे गर्न सके तर दलितलाई अँगाल्ने हिम्मत गर्न सकेका छैनन् । उनले केही कम्युनिस्ट नेताले जनजाति महिलासँग बिहे गरेको स्मरण गरे ।

    नाम उल्लेख नगर्ने आग्रह गर्दै एक दलितकर्मी भन्छन्, ‘यस्तो लाग्छ– अहिले नै काभ्रे जाउँ र बाहुन हत्याराको पनि हत्या गराँै । यदि सरकारले दलितमाथि यस्तो व्यवहार देखाइरहने हो भने अर्को विद्रोह गर्ने अवस्था आउने उनको बुझाइ छ । त्यो विद्रोह कसैले हिंसा नै किन नभनोस्, बन्दुकको हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij