शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

भरतपुर महानगरले सिटीहल निर्माण प्रक्रिया अघि बढायो

  • प्रकाशित मिति : बिहिबार, साउन १०, २०७५



  • चितवन, १० साउन – भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न सिटिहल निर्माण गर्ने भएको छ ।

    शहरी विकास मन्त्रालयले सिटीहल निर्माणका लागि बजेटसमेत छुट्याइसकेको छ । महानगर प्रमुख रेनु दाहालले जग्गा टुंगिएलगत्तै सिटिहल निर्माणको काम थालिने बताउनुभयो ।
    महानगरले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले भोगचलन गरेको स्वास्थ्य मन्त्रालयको नाममा रहेको जग्गामध्ये खालि रहेको पाँच बिगाहा जग्गामा सिटीहल निर्माण गर्ने प्रक्रिया अघि बढाइएको र सम्पूर्ण प्रक्रिया पूरा गरेर जग्गाप्राप्तिका लागि मन्त्रिपरिषद्को बैठकमा पेश गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।
    नेपालमा अहिलेसम्म निर्माण नभएको अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधा सम्पन्न सिटीहल निर्माण गरिने जस्मा पाँच हजार मानिस अट्नसक्ने ठूलो हल र अरु सानाहल, पार्किङ, फुडल्याण्ड, बगैँचा समेत रहने महानगर प्रमुख दाहालको भनाइ थियो ।
    शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, चितवनका प्रमुख कुमार घिमिरेले बिभागले सिटीहलका लागि रु ५० करोड छुट्याएपनि जग्गाप्राप्तिमा ढिलाइ भएकाले गत आर्थिक वर्षमा काम थाल्न नसकिएको बताउनुभयो ।

    “गत आर्थिक वर्षमा काम थाल्नका लागि रु पाँच लाख विनियोजन गरेका थियौँ । जग्गाको अभावमा काम शुरु हुन सकेन ।” उहाँले भन्नुभयो, “जग्गा प्राप्त भएसँगै माटो परीक्षण गरेर नक्साङ्कनको काम अघि बढाउँछौँ ।” सिटीहलको स्वरुप र लागतका बारेमा विस्तृत अध्ययन गरेपछि थाहा हुने र यसका लागि आवश्यक रकम विभागबाट प्राप्त हुने भएकाले बजेटमा समस्या नहुने उहाँको भनाइ थियो ।

    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले भोगचलन गरेको जग्गा ७५ बिगाहा १० धुर जमिन छ । यता नेपाली काँग्रेसको चितवनले शाखाले भने क्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्नुपर्ने भन्दै सिटीहलका लागि अन्यत्र जग्गा व्यवस्थापन गर्न महानगरलाई सुझाव दिएको छ ।
    –––

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij