प्रकाशित मिति : बुधबार, अशोज १९, २०७३
काठमाडौ । दशैं–तिहारको अवसरमा कोका–कोलाले बिशेष संदेश लेखिएको कोका–कोला बोतल सहित सर्वसाधारणलाई आफ्ना मन पर्ने व्यक्तिसँग खुसीयाली बाँड्ने अभियान गरेको छ । हालै नयाँ संन्देश लेखिएको वोतल सार्वजनिक गरेको कोका कोलाले यो चाडको शुभ अवसरमा ‘मन खोलौं कोकसँग अभियान’ सहित विशेष कार्यक्रम गरिरहेको हो ।
कोका–कोलाको विशेष संदेश लेखिएको बोतलका साथमा खुशीयाली बाँड्न युवा अभिनेत्री आना शर्मालाई विभिन्न स्थानमा भ्रमण गराएर आफ्ना भावना तथा दशैंको शुभकामना आफ्ना प्रशंसक माझ आदन प्रदान गरिरहेको छ । दशैं–तिहारमा कोकाकोलासँग रमाउने अवसर प्रदान गर्नकै लागि यो अभियान गरेको जनायइको छ ।
कोका–कोला नेपालका देशीय निर्देशक आलोक कोहलीले आफ्ना भावना साट्दै एक आपसमा जोडिनका लागि दशैंभन्दा ठुलो अर्को अवसर नरहेको बताइन् । चाडपर्वमय मौसममा कोक बाँड्दै तथा आफ्ना मनपर्नेका साथमा सम्बन्ध बनाउँदै अगाडी बढिरहन उनले सवैलाई शुभकामना समेत दिएकी छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij