शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

अस्पतालमा उपचार अभावमा मृत्यु

  • प्रकाशित मिति : बिहिबार, साउन २४, २०७५



  • जाजरकोट, २४ साउन  – उपचारका अभावमा रुकुमको चौरजहारीमा एक बिरामीको मृत्यु भएको छ ।
    जाजरकोट भेरी नगरपालिका–४ का ४२ वर्षीय शेरबहादुर विकको उपचार अभावमा मृत्यु भएको हो । दमको समस्या भएकाले रुकुमको चौरजहारी अस्पताल उपचार गराउन आएका विकले उपचार नपाउँदा अकालमा ज्यान गुमाउनुपरेको हो । पाँच दिनदेखि चौरजहारी अस्पताल तनावग्रस्त हुँदा सामान्य तथा जटिल समस्या भएका बिरामी उपचार सेवाबाट वञ्चित छन् ।

    गत आइतबार जाजरकोट कुदुकी एक महिलाको रुकुमको विजेश्वरीस्थित चौरजहारी अस्पतालमा उपचारका क्रममा अस्पतालको लापरवाहीले ज्यान गएको भन्दै पीडित पक्षले शव बुझ्न मानेको छैन । मिर्गौलामा भएको पत्थरीको उपचार गर्न अस्पताल गएकी भेरी नगरपालिका–१३ कुदुकी २८ वर्षीया यशुदा मल्ल आरसीको गलत सुईको प्रयोगले मृत्यु भएको भन्दै पीडित पक्षले उचित क्षतिपूर्ति र राहतको माग गरिरहेको छ । उनको शव पाँच दिनदेखि अस्पतालमै छ । समयमा आफन्तले शव नबुझ्दा गन्हाउन थालेको छ । घटनाका कारण अस्पतालको उपचार सेवासमेत प्रभावित भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij