शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

तारा एयरको लुक्ला सफाई अभियान

  • प्रकाशित मिति : बुधबार, अशोज १९, २०७३



  • काठमाडौ  । सगरमाथा पोल्युसन कन्ट्रोल कमिटी (एसपीसीसी)सँगको सहकार्यमा तारा एयरले सोमवारदेखि सगरमाथा क्षेत्रमा फोहर ब्यवस्थापन कार्यक्रम सुरु गरेको छ । तारा एयरले आफ्नो कर्पोरेट सोसियल रेस्पोन्सिविलिटी (ब्यवसायिक सामाजिक उत्तरदायित्व) अन्तर्गत यो कार्यक्रम सञ्चालन गरेको हो ।

    एसपीसीसीले बार्षिकरुपमा करिव १२ टन फोहर संकलन गर्ने योजना बनाएको थियो । तर, हाल एसपीसीसीले सगरमाथा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र अन्तर्गतका चौरिखर्क, नाम्चे र खुम्जुङ गरी तीन गाबिसबाट २ दशमलव ६ टन मात्र फोहर संकलन गरेको छ ।

    संकलित फोहर एसपीसीसीले लुक्लामा सञ्चय गर्ने गरेको छ । तार एयरले एसपीसीसीसँग सहकार्य गर्दै लुक्लामा संकलित फोहर जम्मा गरी काठमाडौंमा ब्यवस्थापन गर्न निःशुल्क सहयोग उपलब्ध गराउने बताएको छ ।

    कम्पनीका अनुसार यसका लागि उपयुक्त तरिकाले लुक्लाबाट काठमाडौं उडानको ब्यस्था मिलाइएको छ ।
    पर्यटनबाट यस क्षेत्रमा हुने नकारात्मक वातावरण्ीाय असरलाई न्यूनिकरणमा टेवा पु¥याउने सोचका साथ तारा एयरले यस क्षेत्रबाट सम्भव भएसम्म फोहर हटाउने प्रयासको थालनी गरेको हो ।

    सन् २००८को बसन्तमा एसपीसीसी र स्थानिय वातावरण सम्बन्धित एनजीओ (गैह्र सरकारी संस्था), द हिमालयन क्लब ,लुक्लासँगको सहकार्यमा तारा एयरले करिव १७ टन बियरका खाली बोतल लुक्लाबाट काठमाडौंमा उतारेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij