शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

अभिभावकको लापरवाहीले गर्दा बालवालिका कुलतमा फसे ।

  • प्रकाशित मिति : आइतवार, साउन २३, २०७३



  • तुलसीपुर , २३ साउन

    ईलाका  प्रहरी कार्यालय तुलसीपुरले बजार क्षेत्रमा चोरीगर्दै आएका १३ जना बालवालिकालाई नियन्त्रण पछि उनीहरुको अभिभावकको जिम्मा लगाएको छ । बजार क्षेत्रमा हुँदै आएको चोरी नियन्त्रणका लागि १० देखि १४ वर्ष उमेर समुहका उनीहरुलाई पक्राउ गरि अभिभावकको जिम्मा लगाइएको ईप्रका तुलसीपुरका प्रमुख  कृष्ण प्रसाँईले  जानकारी दिए ।

    डिएसपी प्रसाँईका अनुसार प्रहरीले नियन्त्रणमा लिएका १३ जना मध्ये १२ जनालाई अभिभावकको जिम्मा लगाइएको छ भने एकजना बालक सल्यान जिल्ला निवासी भएकाले उनलाई आज एकजना प्रहरी सहित पठाएर अभिभावकको जिम्मा लगाउनको लागि सल्यान तर्फ पठाउन लागेको ईप्रका प्रमुख प्रसाँईले जानकारी दिए ।

    उनका अनुसार बजारका ठाउँ ठाउँमा चोरीको घटना बढ्नु र त्यसमा बालवालिकाकै सम्लग्नता पाइएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो । तीन दिन अघि पक्राउ परेका उनीहरुलाई तुलसीपुर नगरपालिकाका समाज कल्यान अधिकृत टोपबहादुर डाँगी र वालअधिकारकर्मी नवराज लामिछाने संगको परामर्ष एवं सरसल्लाह पछि बालबच्चालाई सम्झाई बुझाई गरि अभिभावकको जिम्मा लगाइएको हो ।

    उनीहरुको उमेरका कारण पोखरा सुधार गृहमा पठाइएको भएपनि पछि फेरि उनीहरु आएर बजारमा पुरानै गतिविधि दोहर्याउने गरेको पाइएको छ । तुलसीपुरको वसपार्कमा रहेको सडक वालवालिकाहरु पढाउँदै आएको जिएनधओसिसीवाट हालसालै ५ जना बालवालिका भागेको र उनीहरु समेत यस्तै चोरीमा सम्लग्न रहेको पाइएको प्रहरीले बताएको छ ।

    प्रहरीले नियन्त्रणमा लिएका १३ बालवालिकाको दुई दिनको खाना र खाजा खर्च सबै बालअधिकारकर्मी लामिछानेले बेहोरेको समेत डिएसपी प्रसाँईले जानकारी दिए । सल्यान घर भएका एकजना बच्चा , एकजना प्रहरीको आतेजाते सबै खर्च समेत लामिछानेले नै बेहोर्ने निर्णय भएको डिएसपी प्रसाँईले बताए ।२०७२ सालमा पनि प्रहरीले तुलसीपुर क्षेत्रवाट मोवाईल पसल चोरी र लुटपाट गरेको अभियोगमा दर्जनौं बालवालिका प्रक्राउ गरेको थियो ।dsp

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij