शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

म्याग्दीमा उत्कृष्ट विद्यार्थी र विद्यालय पुरस्कृत

  • प्रकाशित मिति : बिहिबार, अशोज २०, २०७३



  • म्याग्दी  । म्याग्दीमा २०७२ को प्रवेशिका परिक्षा (एसएलसी)मा सर्वोकृष्ट अङ्क ल्याउने सामुदायिक विद्यालयका दुई विद्यार्थी र उनीहरुले अध्ययन गरेको विद्यालयलाई बुधबार पुरस्कृत गरिएको छ ।

    म्याग्दी प्रवासी नेपाली सङघ (मोना) हङकङले बेनी सामुदायिक माविका अर्जुन पौडेललाई रु ४० हजार र छात्रातर्फ सर्वोकृष्ट जामुनाखर्क माविकी प्रकृति ढुङ्गानालाई नगद रु २५ हजार प्रदान गरेको हो ।

    पौडेलले प्रवेशिका परीक्षामा ३.९० जिपीए र ढुङ्गानाले ३.७० जिपीए ल्याएका थिए । मोनाको प्रथम साधारणसभाको उद्घाटन कार्यक्रममा बेनी सामुदायिक माविलाई रु दश हजार र जामुनाखर्क माविलाई रु सात हजार प्रदान गरिएको थियो ।

    सांसद नवराज शर्मा, मोनाका अध्यक्ष योगेन्द्र क्षेत्री, जिशिअ रामकुमार श्रेष्ठ, मोना हङकङका पूर्वअध्यक्ष तथा अन्तर्राष्ट्रिय कार्यसमितिका सचिव तुल्मराज राम्जाली र मोना हङकङ ट्रस्टका उपाध्यक्ष प्रमोद श्रेष्ठले पुरस्कार र प्रशंसापत्र वितरण गरेका थिए ।

    मोना हङकङले सामुदायिक विद्यालयतर्फ जिल्लामा सर्वोकृष्ट हुने एक जनालाई चालीस हजार र छात्र सर्वोकृष्ट भएको अवस्थामा छात्रातर्फ बढी अङ्क ल्याउने र छात्रा सर्वोकृष्ट भएमा छात्रतर्फ प्रथम हुनेलाई रु २५ हजार पुरस्कार प्रदान गर्दै आएको छ ।

    फरक क्षमता भएका विद्यार्थीले अध्ययन गर्ने म्याग्दीका तीनवटा विद्यालय सञ्चालन गर्न रु ११/११ लाखको अक्षयकोष स्थापना गरेको मोना हङकङले गत वर्ष जिल्ला अस्पतालमा डिजिटल एक्सरे मेसीन उपलब्ध गराउनुका साथै सञ्चालनका लागि रु छ लाखको अक्षयकोष स्थापना गरेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij