शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

निरासमा नै बित्ने भो भूकम्पपीडितको दसैँ

  • प्रकाशित मिति : बिहिबार, अशोज २०, २०७३



  • चितवन, । भूकम्पका कारण घरबारविहीन भएपछि गत वर्षको दसैं अन्योलमै बिताएका यहाँका भूकम्पपीडितको यस वर्षको दसैँ पनि खल्लो हुने भएको छ ।
    यस वर्ष पनि सरकारबाट अनुदान पाउन नसके पछि उनीहरुको दसैँ कष्टकर रुपमा पालमुनिनै बित्ने भएको हो । भूकम्प पछि कतिपयले आफैँ टहरा निर्माण गरेर बसिरहेका छन् भने कतिपय बस्न अयोग्य घरमा बसिरहेका छन् ।

    जिल्ला विपत् व्यवस्थापन समितिको तथ्याङ्क अनुसार जिल्लाका तीन हजार ४८७ घर पूर्णरुपमा क्षति भएका र १२ हजार ४१ घर आंशिक रुपमा क्षति भएका थिए । जिल्लाको एक उपमहानगरपालीका, पाँच नगरपालिका र १५ गविस भूकम्पबाट प्रभावित भएको छ । भूकम्पकै कारण १० जनाको मृत्यु, तीन जना बेपत्ता र १७९ जना घाइते भएका थिए । घर पूर्णरुपमा क्षति भएकाहरुले सुरुमा रु १५ हजार र पछि न्यानो कपडाका लागि रु १० हजार मात्र पाएका छन् ।

    जिविसका सूचना अधिकारी बलराम लुइँटेल १४ जिल्ला पूर्ण प्रभावितमा परेको र चितवन भने आंशिक प्रभावितमा परेका कारण राहतमा पछाडि परेको बताउँछन् ।
    “गाउँभरि विचल्ली छ चाडबाडको के कुरा गर्ने टहरामा घामपानी तर्काउन राखिएको त्रिपाल च्यातिएको र किलो गाडिएको बाँस कुहिन थालेको छ ।”
    भूकम्प पीडित कालिका नगरपालिका–१ नाइबन्दीका कविलाल प्रजा भन्छन्, “सरकारको आश गर्दागर्दै गाउँले निरास भएका छन्। राहत रकम दिन ढिलाइ गर्दा अप्ठेरो भएको छ ।”
    दारेचोक गाविस–९ धुसाकी फुलमति चेपाङ यतिका समय बित्दा पनि सरकारले घर निर्माणका लागि राहत नदिएकाले हाम्रा लागि यस वर्षको दसैँ पनि आउन सकेन भन्छन् । सक्नेले टिन किनेर छाएको भए पनि नसक्नेको त्रिपाल कुहिएकाले अबको जाडो थेक्न नसक्ने उनको गुनासो छ ।

    चेपाङ समुदायको बाहुल्यता रहेको पहाडी क्षेत्रमा आम्दानीको स्रोत नहुँदा टिनसम्म किनेर छाउने अवस्था पनि धेरैको छैन । बढी मात्रामा उनीहरु प्रभावित भएको दाहाखानी गाविस–६ कुयलघारीका ठूलाकान्छा थापामगर बताउँछन् । परिवारको सङ्ख्या बढी हुने र साँघुरो ठाउँमा बस्नु पर्दा उनीहरुको जीवन कष्टकर भएको उनको भनाइ छ

    भूकम्पका कारण बस्नै नहुने भएपछि दाताको सहयोगमा १८ वटा बस्तीका ४१६ घरधुरीलाई विभिन्न सुरक्षित स्थानमा अस्थायी आश्रयस्थल निर्माण गरी स्थानान्तरण गरिएको थियो ।

    स्थानीय विकास अधिकारी श्रवणकुमार पोख्रेल विपन्न बस्तीमा भूकम्पको बढी प्रभाव परेकाले आफैँ गर्नसक्ने अवस्था नरहँदा अहिलेसम्म पनि उनीहरुको अवस्था विचल्लीमा रहेको बताउँछन् । पुनःनिर्माण प्राधिकरणले सबैको काम गाविस र वडा कार्यालयमार्फत थालेकाले छिटै नै राहत पाउने उनको भनाइ छ । सरकारले भूकम्पबाट पूर्णरुपमा प्रभावितका लागि रु तीन लाख अनुदान र रु दुई लाख ऋण दिने जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij