शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

एक किलो चामलको १६० रुपैयाँ !

  • प्रकाशित मिति : बिहिबार, अशोज २०, २०७३



  • बझाङ । काँडालगायतका दर्जनौँ गाउँमा खाद्यान्न सङ्कट भएको छ ।

    सर्वसाधारण जङ्गली कन्दमूल र सिस्नु खान थालेका छन् । ग्रामीण भेगमा खाद्यान्न ढुवानी हुन सकेको छैन । व्यापारीले भने खाद्यान्न ढुवानी नगरी रक्सी ढुवानी गर्न थालेका छन् ।

    ग्रामीण भेगमा खाद्यान्न ढुवानी गर्दा व्यापारीलाई कम फाइदा हुने भएपछि उनीहरु खाद्यान्नको साटो बढी फाइदा लिन रक्सी मदिरा ढुवानी गर्न थालेका हुन् । बर्सेनि खाद्यान्नको सङ्कट झेल्दै आएका उत्तरी भेगका न्युना, बलौडी, लट्टोन, कोल, रजाडा, सैनगाउँ, बिछाडा, धलौन, एैराडी, पराली, डाउगाउँलगायतका बासिन्दा खाद्यान्न अभाव हुँदा जङ्गली कन्दमूल, सिस्नु खान थालेका छन् ।

    व्यापारीले पसलमा खाद्य सामग्री नराखी मदिरामात्र राख्ने गरेका काडाँ गाविसका उमेश बोहराले बताए ।
    “अन्न नछोएको पाँच दिन भयो, दसैँ तिहारमा भात खानु पर्ला भनेर गाउँका सबै पसल चाहारेँ, कतै चामल भेटाइनँ,” उनले भने । उनलाई सदरमुकाम चैनपुर पुग्न चार दिन लाग्छ ।

    पाखो जमिनमा लगाएको कोदो, मकै, आलुलगायतका बाली घर भित्र्याउन नपाउँदै स्याल, भालु, बँदेलजस्ता जङ्गली जनावरले खाइसकेको काडाँ गाविस–३ का रामबहादुर बोहराले बताए । “घरमा एकमुठी अन्न छैन, ऐँचोपैँचो गरौँ भने पनि कसैको घरमा अन्न छैन,” उनले भने । भोकमरी भएको गाउँमा व्यापारीले खाद्य सामग्री ढुवानी गर्नुको साटो रक्सी ढुवानी गर्न थालेका छन् । चैनपुर पुग्न चार दिन लाग्ने काँडामा एक किलो मोटो चामलको मूल्य रु १६० पर्छ ।

    “व्यापारीले फाइदा लिने हो, हामिलाई खाद्य सामग्रीमा भन्दा मदिराबाट बढी फाइदा हुन्छ,” काडाका व्यापारी राजेन्द्र बोहराले भने ।
    चैनपुरबाट कमसल खालको मदिरा रु ३० मा किनेर रु ८० मा बिक्री गर्ने गरेको बोहराले बताउनुभयो ।

    द्वन्द्वका समयमा बन्द भएको मेलबिसैना खाद्य डिपोबाट नागरिकले आवश्यकता अनुसार चामल पाउन सकेका छैनन् । डिपोमा चामल ढुवानी गर्न सम्बन्धित निकायले पहल नगरेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij