प्रकाशित मिति : शुक्रबार, अशोज २१, २०७३
काठमाडौं । राजधानीको चावहिलस्थित ओम अस्पतालको लापरवाहीका कारण संघुवासभाकी एक महिलाले ज्यान गुमाएकी छन् ।
संघुवासभाकी अन्दाजी ५२ बर्षीय टंककुमारी न्यौपानेको उपचारका क्रममा विहिबार अपरान्ह ४ बजे मृत्यु भएपछि उनका आफन्त, गाउले लगायत अहिले अस्पताल परिसरमा भेला भएका छन् ।
संभावित दुर्घटनालाई मध्यनजर गर्दे अहिले अस्पताल परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । अस्पताल परिसरमा उल्लेख्य संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
महिनावारीको समयमा अत्याधिक रक्तश्राप भएपछि गत असोज १३ गते ओम अस्पतालको सघन उपचारकक्षमा भर्ना भएकी उनलाई चिकित्सकले विहिबार अपरान्ह मृत घोषित गरेका थिए । अस्पताल प्रशासनले विरामीको पछिल्लो दुई दिनको रिपोर्ट नदिएको तथा मृत्युको कारण पनि नभनेको भन्दै पीडीतका आफन्त प्रशासन प्रति आक्रोशित बनेका हुन् ।
उनीहरुले संघन उपचार कक्षबाट मृतकलाई बाहिर निकाल्न दिएका छैनन् । डाक्टर जाहेश्वर गौतमको नेतृत्वको टोली मृतक न्यौपानेको उपचारमा संलग्न थियो ।
समस्या समाधानका लागि अहिले पीडीतका आफन्त र अस्पताल प्रशासनबीच वार्ता चलिरहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij