शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

रोल्पामा आत्महत्या गर्ने पुरुष बढी

  • प्रकाशित मिति : शुक्रबार, अशोज २१, २०७३



  • रोल्पा । रोल्पा जिल्लामा आत्महत्या गर्ने महिलाको तुलनामा पुरुष बढी देखिएका छन् । जिल्लामा गत आर्थिक वर्षमा आत्महत्या गर्ने कुल ६६ मध्ये ३८ जना पुरुष रहेका छन् । यसरी आत्महत्या गर्ने बालबालिका तीन र महिला २५ रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्याङ्कअनुसार झुन्डिएर आत्महत्या गर्ने ४३ र विष सेवन गरेर आत्महत्या गर्ने २३ जना रहेका छन् । यसरी आत्महत्या गर्नेहरु सहरी इलाकाभन्दा ग्रामीण इलाकामा बढी हुने देखिएको छ । सहरी इलाकामा आत्महत्या गर्ने १९ जना छन् भने ग्रामीण इलाकाका ४७ जना रहेका छन् ।

    यसैगरी, असोजमा बढी आत्महत्या हुने र असारमा सबभन्दा कम आत्महत्या हुने महिनाका रुपमा तथ्याङ्कमा देखिएको छ । तथ्याङ्कअनुसार असोजमा १० जनाले आत्महत्या गरेका छन् भने असारमा दुईजनाले आत्महत्या गरेका छन् ।

    जातिगतरुपमा सबभन्दा वढी जनजाति समुदायले आत्महत्या गरेका छन् भने ब्राह्मण समुदायबाट आत्महत्या नगरेको देखिएको छ । तथ्याङ्कअनुसार क्षेत्री १७, जनजाति ४० र दलित नौजनाले आत्महत्या गरेको देखिएको छ । आत्महत्या गर्नेमध्ये बहुसङ्ख्यक विवाहित रहेका छन् । कुल आत्महत्यामध्ये ५१ जना विवाहित छन् भने १५ जना अविवाहित देखिएका छन् ।

    आत्महत्या गर्नेमध्ये अधिकांशको कारणमा पारिश्रमिक पेशा असफलता देखिएको छ । पारिश्रमिक असफलताका कारण आत्महत्या गर्नेको सङ्ख्या गत वर्ष ३२ जना रहेको छ भने आत्महत्याका अन्य कारण गरिबी, असफल प्रेम, मानसिक असन्तुलन र दीर्घरोगीसमेत रहेको जिल्ला प्रहरी प्रमुख नायब उपरीक्षक रामप्रसाद घर्तिमगरले जानकारी दिए ।

    आत्महत्या रोक्न सरकारी र गैरसरकारी निकायको समन्वयमा ग्रामीण क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको भएपनि कमी हुन नसकेको घर्तिमगरले बताए । आगामी दिनमा राजनैतिक दल, सञ्चारक्षेत्र, सामाजिक संस्था एवम् नागरिक समाजको समेत उपस्थितिमा बृहत् योजना बनाई आत्महत्या न्यूनीकरणका क्रियाकलाप सञ्चालन गरिने उनले बताए ।

    सामुदायिक सेवा समितिको समेत प्रत्यक्ष संलग्नतामा विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको भएपनि यसको न्यूनीकरण हुन नसक्नु चिन्ताको विषय भएको सामुदायिक सेवा समिति, रोल्पाका निवर्तमान अध्यक्ष खटकबहादुर खत्रीले बताए ।

    जिल्लामा हुने अधिकांश हत्या र आत्महत्याको कारक मादकपदार्थ सेवनसमेत रहेका कारण यसको न्यूनीकरणमा विशेष कार्यक्रमका साथ लाग्नुपर्ने राप्रपा रोल्पाका उपाध्यक्ष पूर्ण पुनले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij