शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

दूध बिक्री नहुँदा समस्या

  • प्रकाशित मिति : मङ्लबार, साउन २५, २०७३



  • पाल्पा – दूध बिक्री गरेर राम्रो आम्दानी गर्ने उद्देश्य बोकेका चाँपाकोटका किसान दूध बिक्री नहुँदा समस्यामा परेका छन् ।

    बिस्तारै बढ्दै गएको चाँपाकोट बजारलाई ध्यानमा राख्दै व्यावसायिक पशुपालनमा लागेका किसानले उत्पादित दूध बजारमा बिक्री गर्न सकेका छैनन् ।

    दूध उत्पादनकै लागि यहाँ गण्डकीबेँसी गाईपालन समूह गठन गरेर यहाँका ५० घरपरिवारका किसानले आम्दानीको मुख्य स्रोत नै पशुपालन व्यवसाय अपनाएका छन् । यहाँ उत्पादित दूध किसानले सङ्कलन केन्द्रमा जम्मा गरेर बिक्री गर्ने व्यवस्था मिलाई पशुपालन व्यवसायमा लागेका हुन् ।

    सङ्कलन केन्द्रमा दैनिक दुई २०० देखि ३०० लिसम्म दूध जम्मा भएकामा यहाँको बजारमा २० देखि ३० लि मात्र दूध खपत हुने गरेको समूहका अध्यक्ष गोपीचन्द्र भट्टराईले बताए ।

    समुदायमा गाईको महत्व थाहा नहुनु तथा गाईको दूध खाए पिनास रोग लाग्छ भन्ने पुरानो सोचाइले यहाँका उपभोक्ताले गाईको दूध खरिद नगर्ने गरेको उनले बताए ।

    यहाँ उत्पादित दूध अन्यत्र लैजान सक्ने व्यवस्था नभएकाले दूध बिक्रीमा समस्या परेको किसान शेषकान्त भण्डारीले बताए । गत वर्ष गाईपालन समूह गठन गरी समूहमा आबद्ध किसानले दुईदेखि पन्ध्र वटासम्म जर्सी र होलस्टिन जातका गाई पाल्दै आएको स्थानीयवासी रामचन्द्र भट्टराईले बताए ।

    एक किसानले पाँचदेखि ४० लिसम्म दूध उत्पादन गर्ने गरेका छन् । बजारको विकास र विस्तार नभएका कारणले यहाँ उत्पादित दूधले बजार पाउन नसकेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij