शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

मैथिली सामाजको परम्परा तोड्दै श्रीमतिले दिइन् पतिको चितामा दागबत्ती

  • प्रकाशित मिति : शुक्रबार, अशोज २१, २०७३



  • महोत्तरी । घरपरिवारमा कसैको मृत्यु भएपछि महिलालाई चितासम्म जानका लागि वर्जित रहेको मैथिली सामाजिक संस्कृतिलाई चिर्दै धनुषाका एक महिलाले आफ्नो पतिको चितामा दागबत्ती दिएर उदाहरणीय काम गरेकी छिन् ।

    परापूर्वकालदेखि चल्दै आएको सामाजिक परम्परालाई चिर्दै धनुषाको मिथिला नगरपालिका—८ लक्ष्मीनिवासकी ६५ वर्षीया गुलेविया देवीले आफ्नो श्रीमान्को अन्तिम इच्छा पूरा गर्नका लागि उनको चितामा दागबत्ती दिई किरियापुत्रीसमेत बसेकी छिन् ।

    Mahottari_district_locationदुई छोरा, तीन छोरी एवम् नातिनातिनी समेत भएकी गुलेविया आफ्ना ७० वर्षीय श्रीमान् धनेश्वर महतोको चितामा दागबत्ती दिई श्राद्ध संस्कारमा समेत स्वयम् सक्रिय भइन् ।

    करिब १५ वर्षदेखि दम रोगबाट पीडित रहेको धनेश्वरले मर्ने बेलामा सार्वजनिक रुपमै दागबत्ती दिनका लागि गुलेवियालाई आग्रह गरेपछि उनी श्रीमान्को मृत्यु भएपछि गरिने हरेक विधि व्यवहारमा सक्रिय भइन् ।

    श्रीमान्को दागबत्ती श्रीमतीले दिने चलन त हाम्रो मैथिली संस्कारमा छैन रु भन्ने पत्रकारको जिज्ञासामा गुलेवियाले भनिन् – “त्यो त हो, तर पहिला थिए, अब विस्तारै विस्तारै समाजमा यस्ता जरा गाडेका कुरीति एवम् कुसंस्कारलाई सबैले मिलेर हटाउन सक्नुपर्छ ।”

    आफ्नो श्रीमान्को दागबत्ती कसलाई दिन मन लाग्छ र यो त मेरोे बाध्यता रहेको जनाउँदै उनले भनिन् – “मेरा दुईवटा छोरामध्ये जेठो छोरा रामबाबु कामको सिलसिलमा कतारमा छन् भने कान्छो छोरा वीरेन्द्र मलेसियामा कार्यरत रहेका छन् ।

    बुबाको निधन भए पनि त्यहाँको कम्पनीले दुबै छोराको घर आउने बिदा स्वीकृत नगरिएको, स—साना नातिहरुको मुण्डन नभएको, नजिकको नातेदारमा कुनै पुरुष नभएपछि बाध्य भएर आफूले यो कदम उठानुपरेको उहाँको कथन छ ।”

    समाजका भद्रभलाद्मीले बृहत् छलफल गरेर गुलेवियाको हातबाट नै उनको चितामा दागबत्ती दिनका लागि स्वीकृत दिएको स्थानीय शिक्षक जागेश्वर महतोको भनाइ छ ।
    समाजमा रहेका कुरीति र रुढीवादी परम्परालाई तोड्नका लागि गुलेवियाले अहम् भूमिका निर्वाह गरेको महिला अधिकारकर्मी सुनिता कुमारीको भनाई छ ।

    सदियौँदेखि चलिआएको यस्ता कुरीति एवम् कुसंस्कारलाई तोडेर गुलेवियाले राम्रो काम गरेको छ, नेपाल कुशवाहा कल्याण समाज महोत्तरीका अध्यक्ष दिनेश महतोले भन्नुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij