प्रकाशित मिति : शुक्रबार, अशोज २१, २०७३
भीमदत्तनगर । कञ्चनपुर प्रहरीले चाडपर्वमा हुने बिकृति रोक्न सुरक्षा व्यवस्था कडा पारेको छ ।
जिल्लाको समग्र सुरक्षाका लागि सुरक्षा योजना नै तयारी गरी प्रहरी परिचालन बाक्लो पारिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले जिल्लाको सुरक्षा व्यवस्था मजबुद बनाउन थप प्रहरी टोली परिचालन गरिएको बताए ।
खुल्ला सीमाना रहेको यहाँ सीमाक्षेत्रमा समेत सादा पोसाकमा प्रहरी परिचालन गरिएको र बजार तथा ग्रामीण बस्ती, बैंक तथा वित्तीय सङ्घ संस्थाको सुरक्षामा समेत घुमुवा टोलीका साथै प्रहरी व्यापाक परिचालन गरिएको उनले जानकारी दिए ।
‘चाडपर्व भयरहित बनाउन बिदामा बसेका प्रहरीलाई समेत कार्यालयमा बोलाइसकेका छौं ।’ कार्कीले भने–“आपराधिक प्रवृतिदेखिएमा तत्काल कारबाही गछौँ ।”
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij