शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

च्याङ्ग्रा व्यापारीलाई भ्याइनभ्याई

  • प्रकाशित मिति : शुक्रबार, अशोज २१, २०७३



  • बागलुङ । दसैँ आगमनसँगै भेडाच्याङग्राको किनबेच बढेको छ ।

    बर्सेनि दसैँमा एक हजारभन्दा बढी भेडाच्याङ्ग्रा जिल्ला भित्रने गरेका छन् । म्याग्दी भकिम्ली–६ का अम्मरबहादुर खत्रीले ९० वटा च्याङ्गा बागलुङ ल्याएकोमा आधाभन्दा बढी बिक्री भइसकेको बताउनुहुन्छ । उहाँलगायत चार जनाको समूहले चार दिन लगाएर मुस्ताङबाट भेडाच्याङ्ग्रा ल्याएर बिक्री गर्दैआएका छन् ।

    बागलुङका स्थानीय व्यापारीसँग समन्वय गरी उनीहरुले भेडाच्याङ्ग्रा भित्र्याउने गरेका छन् । उनीहरुले मुस्ताङबाट प्रति च्याङ्ग्रा रु १९ हजार ५०० तथा प्रति भेडा रु १८ हजारमा खरिद गरेर ल्याएका हुन् । “रु २२ हजारदेखि रु २४ हजारसम्ममा भेडाच्याङ्ग्रा बिक्री भइरहेको छ,” म्याग्दी ज्यामरुककोटका सरोज सुवेदीले भने ।
    मुस्ताङ पुगेर भेडाच्याङ्ग्रा ल्याउनु कठिन काम भए पनि व्यापार राम्रो हुने देखेपछि यसो गर्दैआएको उनको भनाइ छ । अधिकांश ग्राहकको रोजाइ च्याङ्ग्रा रहने गरेको छ । बर्सेनि हजारौँको सङ्ख्यामा भेडाच्याङ्ग्रा मुस्ताङबाट अन्य जिल्लामा भित्र्याउने गरिएको छ ।

    अहिले बजारका चोक–चोक र ग्रामीण भेगमा भेडाच्याङ्ग्रा व्यापारी पुगिरहेका छन् । पछिल्लो समय जिल्लामा विवाहको पहिलो वर्ष चेलिवेटीले माइतीकहाँ कोसेलीका रुपमा च्याङ्ग्रा लैजाने प्रचलन बढेको छ । भेडाच्याङ्ग्रा बाहेक ढोरपाटन क्षेत्रमा पाइने लेकाली भेडा र स्थानीय जातका खसी, बोकाको पनि बिक्री ह्वात्तै बढेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij