आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गृहमन्त्रीले नै भने -बलात्कारीलाई अब आजीवन जेल होइन, फाँसी नै दिने कानुन

  • प्रकाशित मिति : शनिबार, अशोज १३, २०७५



  • गृहमन्त्री रामबहादुर थापाले बलात्कारीलाई आजीवन कैद पनि कम सजाय भएको बताएका छन् । उनले त्यस्ता जघन्य अपराधीलाई फाँसीसम्मको व्यवस्था गर्न कानुन संशोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

    ‘नाबालिका बलात्कार, हत्या र अपहरणजस्ता क्रुर अपराध गर्नेहरूका लागि आजीवन कैद पनि कम सजाय भएको छ’, मन्त्री थापाले भने, ‘मुलुकमा भएका जघन्य अपराध नियन्त्रणका लागि अब आजीवन जेल होइन, फाँसी नै दिने कानुन बनाउने सोचमा म छु ।’

    विद्यमान कानुनमा फाँसीको व्यवस्था छैन । गृहमन्त्रीले कठोर सजाय (फाँसी) का लागि कानुन संशोधन गर्न सम्बद्ध पक्षसँग छलफल अघि बढाउने प्रतिबद्धता जनाए । सत्तारूढ नेकपाका प्रदेश ३ इन्चार्ज अष्टलक्ष्मी शाक्यको नेतृत्वमा गएको प्रतिनिधि मण्डलसँगको भेटमा शुक्रबार मन्त्री थापाले आफू कानुन फेर्न समेत तयार रहेको सुनाए ।

    ‘विद्यमान संविधान, ऐन र कानुन क्रुर अपराधीलाई पर्याप्त नभएको मलाई महसुस भएको छ’, उनको भनाइ प्रतिनिधिमण्डलका सदस्यले सुनाए ।

    गृहमन्त्रीले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा ठोस कदम चाल्न नसकेको पनि स्वीकार गरेका छन् । ‘निर्मला पन्तको बलात्कार र हत्यासम्बन्धी घटनालाई निकास दिन नसक्दा मेरो शिर निहुँरिएको छ’, प्रतिनिधिमण्डलसँग गृहमन्त्री थापाले भने ।,यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij