प्रकाशित मिति : शनिबार, अशोज २२, २०७३
चितवन । यही असोज ९ गते त्रिशूली नदीमा पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित बेपत्ता भएका उनका भाइ मोहन घिमिरेको शव आज फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार तनहुँ जिल्लाको देवघाट गाविस–४ बगईस्थित त्रिशूली नदीमा उनको शव भेटिएको हो ।
काठमाडौँ महानगरपालिका, वडा नं १६ वनस्थली घर भएका घिमिरेको शव माझीले देखेपछि जिप्रका चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरसहितको टोली घटनास्थल पुगेको थियो ।
पर्समा रहेको परिचयपत्र र एटिएम कार्डबाट शवको पहिचान भएको प्रहरीले जनाएको छ । शव भरतपुरको शवगृहमा ल्याउने काम भइरहेको छ । उनका अर्का भाइ बेपत्ता छन् । उनीहरुको खोजीकार्य जारी छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij