शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

दसैँको मुखमा सामाजिक सुरक्षा भत्ता नपाउँदा वृद्धवृद्धा चिन्तित

  • प्रकाशित मिति : शनिबार, अशोज २२, २०७३



  • पर्वत  । नेपालीको महान् पर्व दसैँअगावै सामाजिक सुरक्षा भत्ता बुझ्न नपाउँदा पर्वतका वृद्धवृद्धा, एकल महिलाको दसैँ खल्लो हुने भएको छ ।

    अधिकांश बैंकले दसैँअगावै सामाजिक सुरक्षा भत्ताको रकम वितरण नगर्दा चाडबाड मनाउनबाट वृद्धवृद्धा विमुख बनेका हुन् ।

    चाडबाडका बेला राम्रो लुगा किन्ने र छोरी–ज्वाइँ, नाति–नातिनालाई टीकाटालो गर्ने अनि घरखर्चका लागि सामान किन्न नपाउँदा दसैँ खल्लो लागेको वृद्धवृद्धाले गुनासो गरेका छन् । जिविसले असोजको पहिलो साता नै बैंकलाई भत्ता वितरणका लागि निकासा दिएको भए पनि अधिकांश बैंकबाट वितरण हुन सकेको छैन ।

    व्यक्तिगत खातामा रकम स्थानान्तरण गर्न केही समय लागेको र कतिपय गाविस र नगरपालिका कार्यालयका सचिवले मरेका र बसाइँ सरेकाहरुको लगतकट्टा नगरिदिएको बैंकले जनाएका छन् ।

    ‘लगतकट्टा गरेका गाविसको रकम वृद्धवृद्धाको खातामा पठाएका छौँ’ गरिमा विकास बैंक कुश्मा शाखाका प्रबन्धक सुन्दर भण्डारीले भने, ‘लगतकट्टा भएर आएमा दसैँलगत्तै सबै क्षेत्रका वृद्धवृद्धाले भत्ताको रकम निकाल्न सक्ने गरी व्यवस्था गर्छौं ।’ पर्वत जिल्लामा दुई वर्ष पहिलेदेखि पाँचवटा गाविसबाहेक सबै गाविसका बासिन्दा र यो वर्षदेखि कुश्मा नगरपालिकाका सबै वडाका वृद्ध, एकल महिलालगायतलाई बैंकमार्फत नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

    उत्तरी क्षेत्रमा बेनीस्थित राष्ट्रिय वाणिज्य बैंकले रकम वितरणको जिम्मा लिएको छ । कुश्मा नगरपालिका क्षेत्रमा विभिन्न बैंकलाई जिम्मा दिइएको छ । पातीचौर क्षेत्रमा सेवा विकास बैंकले जिम्मा लिएको छ ।

    कार्कीनेटा क्षेत्रमा मुक्तिनाथ बैंकले पनि वितरणको तयारी गरेको जिविस पर्वतका सामाजिक सुरक्षा शाखा प्रमुख चन्द्रबहादुर क्षेत्रीले जानकारी दिए । ‘सबै बैंकमा समयमा नै निकासा पठाएका छौँ’ जिविसले असोज ४ गते केन्द्रबाट निकासा भएपछि ६ र ७ गते नै बैंकमा रकम पठाइएको थियो । बैंकले समयमा नै काम सकेको भए दसैँं अगाडि नै सबैले सामाजिक सुरक्षाभत्ता पाउने अवस्था थियो ।

    जिविस पर्वतले दिएको जानकारीअनुसार पर्वतमा यस चौमासिकमा रु १५ करोड सामाजिक सुरक्षाभत्ता निकासा गरिएको छ । जिल्लामा २० हजार जति सामाजिक सुरक्षाभत्ता पाउने व्यक्ति रहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij