शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

लरीमा बस ठोक्किँदा दुईको मृत्यु

  • प्रकाशित मिति : शनिबार, अशोज २२, २०७३



  • उर्लाबारी (मोरङ) । कोसी राजमार्ग अन्तर्गत टङ्किसिनवारीमा रोकिराखिएको लरीमा पछाडिबाट यात्रुवाहक बस ठोकिँदा दुई जनाको मृत्यु हुनाका साथै कम्तीमा २४ यात्रु घाइते भएका छन् ।

    विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको ना४ख ६०८० नंको यात्रुवाहक बस शुक्रबार साँझ टङ्किसिनवारी–५ स्थित सडक किनारमा रोकिराखिएको एमएलओ एल–डी ९६३१ नंको भारतीय लरीको पछाडि ठोकिएको थियो ।

    दुर्घटनामा परी बसमा सवार सुनसरी चक्रघट्टी–४ की ५६ वर्षीया देविका कार्की र दुहवी–९ का अभिषेक झाको मृत्यु भएको हो । गम्भीर घाइते उनीहरुको उपचारका क्रममा आज बिहान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    घाइतेको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परेका बस र लरीका चालकलाई इलाका प्रहरी कार्यालय निमुवाले नियन्त्रणमा लिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij