शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

ताप्लेजुङको साँगादिन बजारमा आगलागी, तीन घर नष्ट

  • प्रकाशित मिति : सोमवार, अशोज २४, २०७३



  • ताप्लेजुङ । ताप्लेजुङको खेवाङ गाविसस्थित साँगादिन बजारमा भएको आगलागीले तीन घर जलेर नष्ट भएका छन् ।

    गएराति करिब १ बजे अचानक भएको आगलागीले खेवाङ–४ का श्रीप्रसाद भट्टराई, ठाकुरप्रसाद दाहाल र कृष्णप्रसाद दाहालको घर पूर्णरुपमा जलेर नष्ट भएका हुन् । घरसँगै रहेको पसल, घरभित्र रहेका अन्य सम्पूर्ण सामान जलेर नष्ट हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ ।

    स्थानीयले बताएअनुसार कृष्णप्रसाद दाहालको भान्छाकोठा नजिकैको दाउराको हारबाट अचानक राति करिब १ बजे आगलागी सुरु भएको थियो तर प्रहरीले भने आगलागीको कारण यकिन नभएको बताएको छ ।

    आगलागी भएको जानकारी पाउनासाथ स्थानीयवासी, प्रहरीले आगो नियन्त्रणको प्रयास गरेपनि रातको समय भएकाले समयमानै आगलागी नियन्त्रण हुन नसकेको खेवाङ प्रहरी चौकीले बताएको छ ।

    अन्य नजिकै जोडिएर रहेका घर भने आगलागीबाट जोगाउन सफल भएको बताइएको छ । आगलागी अहिले बिहान मात्रै नियन्त्रणमा आएको बताइएको छ ।

    आगलागीका कारण लाखौँ मूल्य बराबरको क्षति भएपनि क्षतिको विवरण सङ्कलन भइरहेकाले क्षतिको यकिन विवरण प्राप्त भएको छैन । आगलागीले मानवीय क्षति भने भएको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij