शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

दसैँको अवसरमा दाङमा कैद मिनाहा

  • प्रकाशित मिति : सोमवार, अशोज २४, २०७३



  • दाङ । बडादसैँको अवसरमा सरकारले दाङका चारजना कैदीको कैद मिनाहा गरेको छ ।

    सरकारले राम्रो आचरण देखाएका दुई कारागारका चारजनाको कैद मिनाह गरेको हो । कारागारमा रहँदा राम्रो आचरण देखाएको भन्दै घोराही कारागारबाट तीन र तुलसीपुर कारागारबाट एक गरी चारजना कैदीको कैद मिनाहा भएको हो ।
    कैद मिनाहा पाउनेहरुमा घोराही कारागारबाट ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय तोकिएका दाहा–७ कालीकोटका जगदीश गोराल, सवारी ज्यान मुद्दामा पाँच महिना तीन दिन सजाय तोकिएका लक्ष्मीपुर–१ का विष्णु चौधरी र कर्तव्य ज्यान मुद्दामा १२ वर्ष कैद सजाय तोकिएका घोराही नगरपालिका–१ का वीरशरण चौधरी रहेको घोराही कारागारले जनाएको छ ।

    यस्तै, तुलसीपुर काराकारबाट कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय तोकिएका हलवार–८ का धनबहादुर भन्ने घनश्याम घर्तीको कैद मिनाहा भएको तुलसीपुर कारागारका जेलर देवेन्द्र श्रेष्ठले जानकारी दिए । सरकारले प्रत्येक वर्ष विभिन्न राष्ट्रिय पर्वको अवसर पारेर कारागारमा रहँदा राम्रो चालचलन देखाउने कैदीलाई रिहा गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij