शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

आठसय भन्दा बढी बलि

  • प्रकाशित मिति : सोमवार, अशोज २४, २०७३



  • बैतडी । बैतडीको देहीमाडौँ निंगलाशैनी भगवती मन्दिर र मेलौलीमा रहेको मेलौली भगवती मन्दिरमा गरी आइतबार दशैँको महाअष्टमीका दिन ८०० भन्दा बढी राँगा तथा बोकाको बलि दिइएको छ ।

    तीन सय ८२ राँगा र ४३२ बोका गरी ८१४ राँगाबोकाको बलि दिइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

    यस्तै, आज महानवमीका दिन पाटनमा रहेको उदयदेव मन्दिर र तल्लादेहीमा रहेको डिलाशैनी मन्दिरमा पनि राँगा बोकाको बलि दिइने स्थानीय लोकेश साउदले  जानकारी दिनुभयो ।

    दार्चुलाको धुलीगडामा रहेको दुर्गाभवानी मन्दिरमा राँगाको बलि नदिने र बोकाको बलिमात्र दिने गरेकाले आइतबार करिब १५ बोकाको बलि दिइएको त्यहाँबाट दलजितसिंह धामीले जानकारी दिनुभयो ।

    महाष्टमीको अवसरमा सुदूरपश्चिमका विभिन्न शक्तिपीठमा बलि दिइने गरिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij