शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

बिरामी सुत्केरीलाई उपचारका लागि काठमाडौं लैजान चार्टर्ड गरिएको हेलिकोप्टर सोमबार दुर्घटना

  • प्रकाशित मिति : बुधबार, साउन २६, २०७३



  • काठमाडौं–बिरामी सुत्केरीलाई उपचारका लागि काठमाडौं लैजान चार्टर्ड गरिएको हेलिकोप्टर सोमबार दुर्घटना हुँदा सिर्दिबास २ का पाँचसहित सातजनाको मृत्यु भयो । बिरामीले उपचार पाउन त पर, सातजनाले व्यर्थै जीवन गुमाउनु पर्यो ।

    तीन दिनअघि गत शुक्रवार सिर्दिबास ९ न्याकका लक्षेन्द्र गुरुङ र फूलमाया गुरुङलाई एक लाख ३० हजार खर्च गरेर हेलिकोप्टर चार्टर्ड गरी काठमाडौं लगियो। उनीहरुको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । त्यसभन्दा केही दिनअघि सोही गाउँका दुई महिलालाई हेलिकोप्टर चार्टर्ड गरी त्रिवि शिक्षण अस्पताल पुर्याइयो ।

    १५ दिन काठमाडौंमा उपचार गर्दा २० हजार रुपैयाँ खर्च भएको बिरामीको हेरचाह गर्दै आएकी कुमारी गुरुङले बताइन् । त्यसभन्दा केही दिनअघि ल्हो गाविसका दुईजना घाइतेलाई पनि एक लाख ७० हजार रुपैयाँ भाडा तिरेर हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो। केही दिनको उपचारपछि उनीहरु घर फर्किसकेका छन् ।

    सुत्केरी हुँदा हातले सालनाल झिकेका कारण इन्फेक्सन भएर सिकिस्त भएकी बिही २ की पासाङ साङ्मोलाई उपचार गर्ने हेलिकोप्टर चार्टर्ड गरी काठमाडौं लगियो ।

    एक लाख ४० हजार रुपैयाँ हेलिकोप्टर खर्च गरी प्रसूतिगृह पुर्याइएकी पासाङ निशुल्क उपचार गरेर घर फर्किइन् । न्याकमा अहिले पाँचजना बिरामी छन् । हेलिकोप्टर खर्च नपाएर उनीहरु मर्ने बाँच्ने दोसाँधमा थला परिरहेको स्थानीय देशमाया गुरुङले बताइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij