शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

पर्यटकको सङ्ख्यामा वृद्धि

  • प्रकाशित मिति : मङ्लबार, अशोज २५, २०७३



  • कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डा चौकी हुँदै स्थल मार्ग भएर आउने पर्यटको सङ्ख्यामा वृद्धि भएको छ ।

    गड्डा चौकीस्थित अध्यागमन कार्यालयको तथ्याङ्कअनुसार कञ्चनपुरको पश्चिमी नाकाबाट तीन वर्षयतादेखि नेपाल भित्रिने पर्यटकको सङ्ख्या बढ्दै गएको हो ।

    नेपालमा शान्ति सुव्यवस्था सुदृढ हुँदै गएपछि यस नाका भएर भित्रिने तेस्रो मुलुकका पर्यटकको सङ्ख्यामा वृद्धि भएको कार्यालयका प्रमुख पदमराज भट्टले बताउनुभयो ।

    गड्डा चौकी नाका भएर सन् २०१५ मा दुई हजार ६० पर्यटक भित्रिएका थिए भने सन् २०१६ को सेप्टेम्बर महिनासम्म एक हजार ६७३ पर्यटक भित्रिएका छन् । जुन गतवर्षको यही अवधिको भन्दा पर्यटक भित्रिने सङ्ख्यामा आधाले बढी भएको अधिकृत भट्टले बताउनुभयो ।

    सन् २०१५ मा यसै नाका भएर एक हजार, ५३६ पर्यटक बाहिरिएकामा सन् २०१६ को सेप्टेम्बरसम्म एक हजार १८१ पर्यटक बाहिरिएका छन् । सन् २०१३ मा यस सीमा नाका भएर एक हजार ६३९ भित्रिएका थिए भने सोही अवधिमा एक हजार ६१० पर्यटक बाहिरिएका थिए ।सन् २०१४ मा एक हजार ८०८ पर्यटक भित्रिएकामा सोही अवधिमा एक हजार ५९० पर्यटक बाहिरिएका कार्यालयले जनाएको छ ।
    सीमा पुल वनवसा खुल्ने समय बढ्नु, यातायात र सडकलगायतमा हुँदै आएको सुधारले स्थल मार्ग भएर आउने पर्यटक बढ्न थालेको कार्यालय प्रमुख भट्टको भनाइ रहेको छ ।

    गड्डा चौकीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, रसुवा, काँकडभिट्टा, भैरहवा, धनगढी, नेपालगन्जलगायतका आठ नाकाबाट विदेशी पर्यटक नेपाल आउने गर्छन् । गड्डा चौकी नाकाबाट आउने पर्यटक बर्दिया, चितवन, काठमाडाँै, पोखरा, कर्णाली घुम्नका लागि बढी भित्रिने गरेका छन् ।

    पछिल्लो समय शुक्लाफाँटा र खप्तड घुम्न आउने पर्यटको सङ्ख्यासमेत बढेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij