शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

जुम्ल्याहा दाजुभाईले जुम्ल्याहा दिदी–बहिनी बिहे गरेपछि श्रीमति चिन्नै समस्या

  • प्रकाशित मिति : बिहिबार, अशोज २७, २०७३



  • उस्तै देखिने जुम्ल्याहाहरु चिन्न धेरैलाई मुस्किल पर्छ । उनीहरुलाई उस्तै उस्तै देखेर मानिसहरु झुक्किन्छन् र हाँस्छन् । तर जुम्ल्याहाको पिडा आफ्नै ठाँउमा छ । यदी कसैले आफ्ना दुई उस्तै जुम्ल्याहालाई अर्को जुम्ल्याहा दिदीबहिनी वा दाजुभाईसँग बिहे गरिदिन्छ भने समस्या सुरु हुन्छ । उनीहरुका श्रीमान् वा श्रीमतीलाई नै आफ्ना पार्टनर चिन्न समस्या हुन्छ । यस्तो समस्यालाई हल गर्नका लागि चीनमा भर्खरै बिहे गरेका दुई जुम्ल्याहा जोडीले प्लास्टिक सर्जरी गर्ने निर्णय गरेका छन् ।
    चीनको सान्छी प्रान्तका जुम्ल्याहा दाजुभाई झाओ छिन र झाओ सुनले छिमेकी गाउँका दुई जुम्ल्याहा दिदीबहिनी यिन फेइ र युन यांगसँग डेटिंग सूरु गरेदेखी नै समस्या सूरु भयो । उनीहरु एउटै विद्यालयमा पढ्ने गर्दथे । गत महिना उनीहरु विवाह बन्धनमा बाँधिए ।
    दाजूभाई र दिदीबहिनी दुबै उस्तै भएका कारण अहिले यो जोडी समस्यामा छ । उनीहरुको आवाज समेत उस्तै छ । उनीहरुको विवाहका दिन आएका पाहुना तथा आफ्नै अभिभावकलाई समेत उनीहरुलाई चिन्न अफ्टेरो भएको थियो ।

    identical-twins-600x375
    प्लास्टिक सर्जरीको उपाय भने त्यतिबेला मात्रै फुर्यो जतिबेला एक भाईले गल्तिबस आफ्नै अर्का भाईकी श्रीमतीको आफ्नी श्रीमती सम्झेर समाए । झाओ छिले यस्तो गरेपछि उनकी भाउजु युन यांगले थप्पड लगाएकी थिइन् । उनले झाओल जनाजान यस्तो गरेको सोचेकी थिइन् । तर अब यस्तो समस्या सुल्झाउन उनीहरुले प्लास्टिक सर्जरी गर्ने निष्र्कष निकालेका छन् । उनीहरुले हनिमूनमा जानु अगावै प्लास्टिक सर्जरी गरेर एकअर्कामा फरक छुट्याउने भएका छन् । उनीहरु सबैको उमेर २२ वर्षको छ । उनीहरुले सर्जरीका लागि सांघाईस्थित अस्पतालको भ्रमण गरिसकेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij