शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

किशोरीको सीमा नाकाबाट उद्धार

  • प्रकाशित मिति : बिहिबार, अशोज २७, २०७३



  • काठमाडौं । माइती नेपाल कञ्चनपुरले गड्डाचौकी नाकाबाट बुधबार साँझ एकजना किशोरीको उद्धार गरेको छ ।

    कैलालीको टीकापुर नगरपालिका–५ की १७ वर्षीया किशोरीलाई कैलालीकै गोदावरी गाविसका दीपक रोक्कामगरसँग भारततर्फ गइरहेका बेला सीमा नाकाबाट उद्धार गरिएको हो । “किशोरीका बुबाले छोरी हराएको खबर गरेपछि सीमा क्षेत्रमा निगरानी बढाएर किशोरीको उद्धार गरेका छौंँ”, माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले भन्नुभयो ।

    उहाँका अनुसार किशोरीलाई भारततर्फ लैजान लागेका दीपक रोक्कामगरलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नियन्त्रणमा राखिएको छ । उद्धार गरिएकी किशोरी माइती नेपालको संरक्षणमा छिन् । भारतको हल्द्वानी जान भनी हिँडेका बेला बेचबिखनको जोखिममा पर्नसक्ने भन्दै सीमा क्षेत्रबाट उद्धार गरिएको माइती नेपालका संयोजक भट्टले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij