प्रकाशित मिति : शुक्रबार, अशोज २८, २०७३
पर्वत । पर्वतको आर्थर डाँडाखर्क गाविसमा भिरबाट लडेर बिहीबार एक वृद्धको मृत्यु भएको छ ।
छिमेकी स्याङ्जाको बाङ्गसिङ्ग देउराली–५ का ६० वर्षीय रिठे विकको पर्वतको आर्थर डाँडाखर्क–९ स्यानीस्वाँराको भिरबाट लडेर ज्यान गएको हो ।
स्यानीस्वाँरास्थित आरनमा हँसिया लिएर आएका विकको बिहीबार बिहान १० बजेको समयमा भिरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
चिप्लो भिरको बाटोमा हिँडेका वृद्धको एक्कासि करिब सय मिटर तल खसेर घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij