प्रकाशित मिति : शुक्रबार, अशोज २८, २०७३
दाङ । तुलसीपुर । नेपाली कांग्रेस तुलसीपुर–२ वडा इकाईको आयोजनामा श्रद्धाजली सभा सम्पन्न भएको छ । नेपाली कांग्रेसका जिल्ला सदस्य सुरेन्द्रबहादुर खड्का तथा पूर्व नगर सदस्य कृष्ण खडकाका पिता स्वर्गीय दुर्गाबहादुर खड्काको १३ औं पुन्य तिथिमा आज शोक सभा सम्पन्न भएको हो ।
नेपाली कांग्रेसका इकाई सभापति बालाराम खड्काको सभापतित्व एवं सांसद वुद्धिराम भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले स्वर्गीय खड्काको निधनले पार्टिलाई अतुल्नीय क्षती पुगेको बताएका थिए । साथै उनले देखाएको बाटोमा हिडनुपर्ने बताएका थिए ।
शोक सभामा जिल्ला सभापति किर्तिबहादुर खड्का, क्षेत्रीय सभापति जगतबहादुर खड्का पूर्व जिल्ला सभापति मोहनलाल वली, कांग्रेसका नेताहरु तेजबहादुर वस्नेत, जोगेन्द्र विश्वकर्मा, महासमिति सदस्य देविका नेपाली, लगायतले शोक मन्तव्य व्यक्त गरेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij